शुक्र, जेष्ठ १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार स्वास्थ्य

रौतहटमा चार सय २५ जनामा एचआइभी सङ्क्रमण पुष्टि

धारणा न्यूज by धारणा न्यूज
४ घण्टा अगाडि
0
सन् २०३० सम्ममा एड्सको अन्त्य सम्भव : राष्ट्रसङ्घ
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

रौतहट । रौतहटमा एचआइभी/एड्स सङ्क्रमितको सङ्ख्या उच्च रहेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालय रौतहटको तथ्याङ्कअनुसार हाल जिल्लामा चार सय २५ जनामा एचआइभी सङ्क्रमण पुष्टि भएको छ ।

उक्त सङ्ख्याका सङ्क्रमितले नियमित रूपमा एन्टिरेट्रोभाइरल थेरापी (एआरटी) सेवा लिइरहेका जिल्ला स्वास्थ्य कार्यालय रौतहटका प्रमुख राजेश सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्लो समय वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिभन्दा जिल्लामै कार्यरत चालक, प्रहरी तथा मजदुरमा सङ्क्रमण बढी देखिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका एआरटी अधिकारी राजकुमार साहका अनुसार जिल्लाका १८ स्थानीय तहमध्ये सबैभन्दा बढी सङ्क्रमित राजपुर नगरपालिकामा भेटिएका छन् । मुस्लिम समुदायको बाहुल्य रहेको उक्त पालिकामा ६३ जना सङ्क्रमित  छन् ।

कार्यालयको तथ्याङ्कअनुसार चन्द्रपुर नगरपालिकामा ३७, गौर र इशनाथ नगरपालिकामा ३५/३५, राजदेवी नगरपालिकामा २५ तथा गुजरा, कटहरिया, देवाही गोनाही, बौधीमाई र दुर्गा भगवती नगरपालिकामा २०र२० जना सङ्क्रमित रहेका छन् । जिल्लाका सबै पालिकामा एचआइभी सङ्क्रमित भेटिएका छन् ।

प्रादेशिक अस्पताल गौरका डाक्टर शशी गुप्ताले एचआइभी संक्रमण असुरक्षित यौन सम्पर्क, सङ्क्रमित रगतको प्रयोग, सङ्क्रमित सुई तथा सिरिन्जको प्रयोग र सङ्क्रमित आमाबाट शिशुमा सर्न सक्ने जनाउनुभयो । उहाँका अनुसार नियमित परीक्षण, समयमै उपचार, सुरक्षित यौन व्यवहार तथा कण्डमको प्रयोगबाट सङ्क्रमण नियन्त्रण गर्न सकिन्छ । संक्रमित व्यक्तिले नियमित रूपमा एआरटी सेवा लिए सामान्य जीवनयापन गर्न सक्ने उहाँले जनाउनुभयो ।

एचआइभी सङ्क्रमण रोकथामका लागि सुरक्षित यौन व्यवहार तथा कण्डमको सही प्रयोग आवश्यक रहेको स्वास्थ्यकर्मी बताउँछन् । जिल्लामा कण्डम प्रयोग गर्नेको सङ्ख्या बढे पनि यसको सही प्रयोगबारे पर्याप्त जनचेतनाको अभाव रहेकाले संक्रमितको सङ्ख्यामा कमी नआएको चन्द्रपुर अस्पतालका डाक्टर सुभाष चौधरीले जनाउनुभयो ।

यो पनि पढ्नुहोस्

‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ स्थापना गरिने

‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ स्थापना गरिने

४६ मिनेट अगाडि
चिलीका एक व्यक्तिमा बर्डफ्लू भेटियाे

बर्डफ्लु नियन्त्रण गर्न लगाइएको प्रतिवन्ध फुकुवा

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विश्वकप खेल्न फ्रान्सेली राष्ट्रिय टोली घोषणा

ल्याब टेक्निसियन, फिजियोथेरापी, एच.ए., फार्मेसी उत्कृष्ट गन्तव्य

अन्तर्राष्ट्रिय परिवार दिवस मनाइँदै

राष्ट्रपतिसमक्ष आर्थिक वर्ष सम्बन्धी वार्षिक प्रतिवेदन पेश

रौतहटमा चार सय २५ जनामा एचआइभी सङ्क्रमण पुष्टि

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक