सोम, असार २२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

‘प्रथम छायानाथ अल्ट्रा रेस’ जेठ ३ गते हुने

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
0
‘प्रथम छायानाथ अल्ट्रा रेस’ जेठ ३ गते हुने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

मुगु । मुगुम कार्मारोङ गाउँपालिकामा यही जेठ ३ गते आयोजना हुने ‘प्रथम छायानाथ अल्ट्रा रेस’ प्रतियोगिताको तयारी पूरा भएको छ।

अल नेपाल स्पोर्ट्स फाउन्डेसनको सहकार्य तथा मुगुम कार्मारोङ गाउँपालिकाको आयोजनामा सञ्चालन हुन लागेको प्रतियोगिता पुलु क्षेत्रमा आयोजना गरिन लागेको हो। आयोजकका अनुसार प्रतियोगिताले धार्मिक, साँस्कृतिक तथा पर्यापर्यटन प्रवद्र्धनसँगै छायानाथ क्षेत्रको प्रचारप्रसारमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। अल्ट्रा रेस किम्रीबाट सुरु भएर छायानाथ, चिताइकुना हुँदै पुलुमा पुगेर समापन हुनेछ। प्रतियोगिताको प्राविधिक सहयोग नेपाल एड्भेन्चर रनिङ महासंघले गर्नेछ। ३० किलोमिटर दूरीको अल्ट्रा रेसमा हालसम्म ८४ जना खेलाडीले नाम दर्ता गराएका छन्। जसमध्ये १५ जना महिला र बाँकी पुरुष खेलाडी छन्।

महिला तथा पुरुषतर्फ छुट्टाछुट्टै प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ। साथै स्थानीय सहभागीका लागि पाँच किलोमिटर दूरीको ‘फन रन’ पनि समावेश गरिएको छ। प्रतियोगिताका लागि अनलाइन तथा अफलाइन दुवै माध्यमबाट दर्ता प्रक्रिया सञ्चालन गरिएको थियो। आयोजकका अनुसार प्रतियोगितामा राष्ट्रियस्तरका चर्चित धावकबीच रोमाञ्चक प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ।

अल नेपाल स्पोर्ट्स फाउन्डेसनका सञ्जय अधिकारीका अनुसार एभरेष्ट, मञ्जुश्री, मण्डम तथा हालै सम्पन्न जुम्ला–राराजस्ता प्रतियोगिता र बुधबार मात्र सम्पन्न भएको नेपाली सेनाले आयोजना गरेको रारा टे«ल रनका विजेता महिला तथा पुरुष खेलाडीले पनि भाग लिने भएका छन्। ती प्रतियोगितामा प्रथम स्थान हासिल गरेका खेलाडीहरूबीच छायानाथ अल्ट्रा रेसमा कडा प्रतिस्पर्धा हुने देखिएको छ। प्रतियोगिताका विजेता खेलाडीले नगद पुरस्कारसँगै मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। महिला तथा पुरुषतर्फ प्रथम हुने खेलाडीले जनही दुई लाख रुपैयाँ पुरस्कार पाउनेछन्। यसैगरी दोस्रो हुनेले एक लाख ५० हजार, तेस्रोले एक लाख, चौथोले ७५ हजार तथा पाँचौं हुने खेलाडीले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। स्थानीयतर्फको पाँच किलोमिटर दौडमा प्रथम हुनेलाई ३० हजार, दोस्रोलाई २० हजार र तेस्रोलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। प्रतियोगिता सञ्चालनका लागि करिव ९८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। आयोजकका अनुसार प्रतियोगिताले छायानाथ धामको धार्मिक, सांस्कृतिक तथा प्राकृतिक महत्वलाई राष्ट्रियस्तरमा चिनाउने विश्वास गरिएको छ।

यो पनि पढ्नुहोस्

नर्वे पहिलोपटक विश्वकपको क्वाटरफाइनलमा प्रवेश

नर्वे पहिलोपटक विश्वकपको क्वाटरफाइनलमा प्रवेश

१३ घण्टा अगाडि
फ्रान्स फिफा विश्वकप २०२६ को क्वार्टफाइनलमा प्रवेश

फ्रान्स फिफा विश्वकप २०२६ को क्वार्टफाइनलमा प्रवेश

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

राष्ट्रिय सभाको बैठक आज बस्दै

नर्वे पहिलोपटक विश्वकपको क्वाटरफाइनलमा प्रवेश

पोखरा–दुबई हवाई उडान सेवालाई दिगो बनाउने

मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा

टोरन्टो विश्वविद्यालयद्वारा सञ्चालित यस वर्षको नेपालभाषा समर स्कूल कार्यक्रम सम्पन्न

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक