शुक्र, जेष्ठ १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ स्थापना गरिने

धारणा न्यूज by धारणा न्यूज
१ घण्टा अगाडि
Reading Time: 1 min read
0
‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ स्थापना गरिने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपालकै अग्रणी निजी क्षेत्रद्वारा सञ्चालित पहिलो अस्पताल नर्भिक इन्टरनेशनल हस्पिटलले  ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ स्थापना गर्ने घोषणा गरेको छ।

नेपालमा क्यान्सर उपचारको क्षेत्रमा लामो समयदेखि देखिँदै आएको ‘एकै छानामुनि समग्र उपचार सेवा’को अभावलाई सम्बोधन गर्ने उद्देश्यका साथ नर्भिकले उक्त संस्थानको स्थापना गर्न लागेको हो।

अन्तर्राष्ट्रिय नर्सिङ दिवसको अवसरमा अस्पतालमा आयोजित नर्सिङ अवार्ड कार्यक्रम समापनमा नर्भिक अस्पतालका अध्यक्ष राजेन्द्र बहादुर सिंहले नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान स्थापनाको घोषणा गरेका थिए। करिब ३ अर्ब ५० करोड रुपैयाँ लगानीमा निर्माण हुने यो परियोजना करिब ३ वर्षभित्र सञ्चालनमा ल्याइने लक्ष्य राखिएको अस्पतालका निर्देशक मेघा चौधरीले जनाइन्।

क्यान्सर रोगको समग्र निदान, उपचार तथा अनुसन्धान एउटै छानामुनि उपलब्ध गराउने लक्ष्यसहित संस्थान स्थापना गर्न लागिएको निर्देशक चौधरीको धारणा  छ।

‘विश्वस्तरका दिशानिर्देशअनुसार उन्नत प्रविधिको प्रयोग गर्दै यस संस्थानमा विश्वसनीय निदान सेवा, शल्यक्रिया, किमोथेरापी, रेडियसन थेरापी तथा उपशामक सेवा (प्यालियटिभ केयर) उपलब्ध गराइनेछ,’ निर्देशक चौधरीले भनिन्। उनले जानकारी गराए संस्थानबाट बालबालिकादेखि वृद्धवृद्धासम्म सबै उमेर समूहका क्यान्सर बिरामीहरूका लागि मेडिकल, सर्जिकल, रेडियसन, हेमाटोलोजी तथा जेरियाट्रिक सेवाहरू, दक्ष र अनुभवी विशेषज्ञ चिकित्सकहरूको निगरानीमा प्रदान गरिने भएकाे छ।

संस्थानमा अनुसन्धानात्मक र शैक्षिक गतिविधि समेत सञ्चालन गरिने निर्देशक चौधरीले जानकारी दिइन्।  जस अन्तर्गत क्यान्सर मनोविज्ञान, जेनोमिक्स लगायत अन्य विशिष्टीकृत अनुसन्धान कार्य अन्तर्राष्ट्रिय विश्वविद्यालय तथा शिक्षण संस्थाहरूसँगको सहकार्यमा सञ्चालन गरिने भएकाे छ।

नर्भिकले आगामी दिनमा क्यान्सर उपचारमा विश्वव्यापी रूपमै भैरहेको नवीनतम प्रविधिको विकास र प्रयोगलाई नेपालमा समेत परिचित गराउन अमेरिका, सिंगापुर र भारतका अग्रणी क्यान्सर उपचार तथा अनुसन्धान केन्द्रहरूसँग परस्पर सहकार्य गर्ने जनाइएको छ। संस्थान मार्फत चिकित्सक तथा वैज्ञानिकबीच प्रविधि हस्तान्तरण र ज्ञान आदानप्रदान गरिने निर्देशक चौधरीले जनाइन्।

‘नेपालमा एकीकृत र विस्तारित क्यान्सर उपचारको विश्वसनीय थलोको अभावका कारण उल्लेखनीय संख्यामा बिरामीहरू विदेश जान बाध्य छन्। यसबाट वर्षेनी अरबौं रुपैयाँ विदेशिने गरेको छ’ निर्देशक चौधरीले भनिन्, ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थानको स्थापना पश्चात् यो निर्भरता घट्ने र स्वदेशमै विश्वस्तरीय क्यान्सर उपचार सेवा सहज हुने हाम्रो अपेक्षा छ।’

एकै स्थानमा एकीकृत र विस्तारित क्यान्सर उपचार सेवा उपलब्ध हुन्छ

घा चौधरी
निर्देशक, नर्भिक अस्पताल

नर्भिकले किन छुट्टै क्यान्सर उपचार केन्द्र स्थापना गर्न लागेको हो ?
नेपालमा क्यान्सर उपचार लामो समयदेखि खण्डित रूपमा उपलब्ध छ। बिरामी र परिवारहरूले अत्यन्तै संवेदनशील समयमा एकीकृत उपचारको अभावमा देश–विदेशका विभिन्न अस्पतालमा धाउनुपर्ने बाध्यता छ। नर्भिक एकीकृत क्यान्सर उपचार संस्थानको उद्देश्य यही अभावलाई सम्बोधन गर्दै एकै स्थानमा एकीकृत र विस्तारित क्यान्सर उपचार सेवा उपलब्ध गराउनु हो।

यस संस्थानले कस्ता सेवाहरू प्रदान गर्नेछ ?
नर्भिक एकीकृत क्यान्सर उपचार संस्थानले मेडिकल, सर्जिकल, रेडियसन तथा हेमाटोलोजीसँग सम्बन्धित सम्पूर्ण क्यान्सर सेवाहरू बालबालिकादेखि वृद्धवृद्धासम्म सबै उमेर समूहका लागि प्रदान गर्नेछ।

नेपाली बिरामीहरू विदेश जानु बाध्यता हो कि रोजाइ ?
धेरैजसो अवस्थामा यो रोजाइभन्दा पनि बाध्यता हो। नेपालमा एकीकृत र विशिष्टीकृत क्यान्सर उपचार सेवा एउटै स्थानमा उपलब्ध नभएकाले बिरामीहरू विदेश जान बाध्य हुन्छन्।

अन्तर्राष्ट्रिय सहकार्यको भूमिका के हुनेछ ?
अन्तर्राष्ट्रिय सहकार्य अत्यन्तै महत्वपूर्ण छ। यस्ता सहकार्यले चिकित्सकहरूबीच सहकार्य र नयाँ ज्ञान तथा प्रविधिमा पहुँच सुनिश्चित गर्छ।

परियोजनाका लगानी र समयावधि कति छ ?
प्रारम्भिक अनुमान अनुसार करिब ३ अर्ब ५० करोड रुपैयाँ लगानी गरिनेछ र सबै कुरा योजनाअनुसार अगाडि बढेमा ३ वर्षभित्र सञ्चालनमा ल्याइनेछ।

  यो केवल व्यावसायिक परियोजना हो र ?
यो केवल व्यावसायिक परियोजना होइन। यो हाम्रो दीर्घकालीन संस्थागत प्रतिबद्धता हो। देशप्रतिको जिम्मेवारी हो। हाम्रो लक्ष्य बिरामीको उपचारको गुणस्तर र निरन्तरता, सर्वसाधारणको सहज पहुँच र नेपालको स्वास्थ्य प्रणालीलाई दीर्घकालीन रूपमा सुदृढ बनाउनु हो।

यो पनि पढ्नुहोस्

चिलीका एक व्यक्तिमा बर्डफ्लू भेटियाे

बर्डफ्लु नियन्त्रण गर्न लगाइएको प्रतिवन्ध फुकुवा

४ घण्टा अगाडि
सन् २०३० सम्ममा एड्सको अन्त्य सम्भव : राष्ट्रसङ्घ

रौतहटमा चार सय २५ जनामा एचआइभी सङ्क्रमण पुष्टि

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विश्वकप खेल्न फ्रान्सेली राष्ट्रिय टोली घोषणा

ल्याब टेक्निसियन, फिजियोथेरापी, एच.ए., फार्मेसी उत्कृष्ट गन्तव्य

अन्तर्राष्ट्रिय परिवार दिवस मनाइँदै

राष्ट्रपतिसमक्ष आर्थिक वर्ष सम्बन्धी वार्षिक प्रतिवेदन पेश

रौतहटमा चार सय २५ जनामा एचआइभी सङ्क्रमण पुष्टि

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक