शुक्र, जेष्ठ १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

चलचित्र ‘गौँथली’का दुईवटा पोस्टर सार्वजनिक

धारणा न्यूज by धारणा न्यूज
५ घण्टा अगाडि
Reading Time: 1 min read
0
चलचित्र ‘गौँथली’का दुईवटा पोस्टर सार्वजनिक
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । निर्माण पक्षले चलचित्र ‘गौँथली’का दुईवटा पोस्टर सार्वजनिक गरेको छ ।

शुक्रबार सार्वजनिक गरिएका यी पोस्टरहरूले सिनेमा ग्रामीण समाजको कथामा आधारित रहेको सङ्केत गरेका छन् । सार्वजनिक पोस्टरमध्ये एउटामा मुख्य कलाकार अरुण क्षेत्री र सिम्रन खड्का दुलाहा–दुलहीको भेषमा देखिएका छन् भने अर्कोमा सिम्रन मात्र फिचर्ड छिन् ।

पहिलो पोस्टरमा नायक अरुण क्षेत्री दौरासुरुवाल, कोट, ढाका टोपी र दुबोको मालामा सजिएका छन् । उनको पटुकीमा गुलेली सिउरिएको छ भने हातका औँलाहरूको स्थितिले शारीरिक रूपमा केही समस्या रहेको अर्थात् ‘एबनर्मल’ रहेको सङ्केत गर्छ । उनको मुहारमा जोस देखिए पनि सँगै रहेकी बेहुलीको भेषकी सिम्रनको मुहारमा भने तनाव झल्किएको छ ।

पृष्ठभूमिमा रहेको खरले छाएको झुपडीले उनीहरू ग्रामीण भेगको गरिब परिवारको सदस्य रहेको प्रस्ट पारेको छ ।

यसैगरी अर्को पोस्टरमा सिम्रन एक्लै डोकोमा स्याउला बोकेर खाली खुट्टा हिँडिरहेकी छन् । डोको बोक्दाबोक्दै पनि उनले पढिरहेको दृश्यले विवाहपछि पनि घरको काम गर्दै पढ्ने उनको तीव्र चाहनालाई दर्शाएको छ । पोस्टरमा देखिएको हिमालले चलचित्रको कथा उच्च पहाडी क्षेत्रको रहेको बुझाउँछ । निर्माण पक्षका अनुसार ‘गौँथली’को प्रतीकात्मक अर्थ घर, परिवार र आपसी सामीप्यता हो ।

डा. कपिल रिजालले निर्देशन गरेको यस चलचित्रमा अरुण क्षेत्री र सिम्रन खड्काका साथै मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रविन्द्र झा, ईश्वरी बराल, संयोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय रहेको छ । बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपाली रहेका छन् ।

डा. भोला रिजालको कथा रहेको यस चलचित्रको पटकथा तथा संवाद लेखनमा निर्देशक डा. कपिलसँगै निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले सहकार्य गरेका छन् ।

भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको यस चलचित्रको कार्यकारी निर्माता सरला रिजाल हुन् । सुमन गिरी र डा. कपिल रिजाल निर्माता रहेको चलचित्रमा इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह–निर्माता रहेका छन् । शम्भुजीत बासकोटा, थानेश्वर गौतम र प्रशान्त सिवाकोटीको सङ्गीत रहेको चलचित्रलाई हरि हुमागाईंले खिचेका हुन् भने मिलन श्रेष्ठले सम्पादन गरेका छन् ।

साउन १ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको यो चलचित्रलाई रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफ.डी. कम्पनीले वितरण गर्ने छन् ।

दुई दशकअघि डा. भोला रिजालले निर्माण गरेको नेपालको पहिलो ‘गीति फिल्म’ मानिने ‘गौँथली’ले ५१औँ दिन मनाउन सफल भएको थियो । अहिले सोही नाममा उनका छोरा डा. कपिल रिजालले नयाँ चलचित्र निर्देशन गरेका हुन् ।

यो पनि पढ्नुहोस्

कविकेशरी चित्तधर हृदयकाे १ सय २० औं जन्मजयन्ती  मनाइयाे

कविकेशरी चित्तधर हृदयकाे १ सय २० औं जन्मजयन्ती  मनाइयाे

१ घण्टा अगाडि
‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ स्थापना गरिने

‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ स्थापना गरिने

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विश्वकप खेल्न फ्रान्सेली राष्ट्रिय टोली घोषणा

ल्याब टेक्निसियन, फिजियोथेरापी, एच.ए., फार्मेसी उत्कृष्ट गन्तव्य

अन्तर्राष्ट्रिय परिवार दिवस मनाइँदै

राष्ट्रपतिसमक्ष आर्थिक वर्ष सम्बन्धी वार्षिक प्रतिवेदन पेश

रौतहटमा चार सय २५ जनामा एचआइभी सङ्क्रमण पुष्टि

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक