सोम, जेष्ठ ४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

कामपाभित्रका सामुदायिक विद्यालयबाट ७६.७५ प्रतिशत विद्यार्थी ग्रेडेड

धारणा न्यूज by धारणा न्यूज
५ दिन अगाडि
Reading Time: 1 min read
0
शिक्षा मन्त्रालयद्वारा नयाँ कार्यतालिका जारी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ मा काठमाडौं महानगरपालिका क्षेत्रभित्रका सामुदायिक विद्यालयबाट ३ हजार १९८ जना (७६.७५ प्रतिशत) विद्यार्थी ग्रेडेड भएका छन् । परीक्षामा सहभागी ६० विद्यालयमध्ये केन्द्रीय बहिरा माध्यमिक विद्यालय, श्रम राष्ट्रिय माध्यमिक विद्यालय, बाल व्यवसायी माध्यमिक विद्यालय र बाल सेवा माध्यमिक विद्यालयले शतप्रतिशत नतिजा हासिल गरेका छन् ।

कूल ४ हजार १६७ जना विद्यार्थी सहभागीमध्ये ४ जीपीए प्राप्त गर्ने २८ जना विद्यार्थी छन् । तीमध्ये ज्ञानोदय माध्यमिक विद्यालयका २१ जना, तरुण माध्यमिक विद्यालयका १ जना, शिवपुरी माध्यमिक विद्यालयका १ जना, विश्व निकेतन माध्यमिक विद्यालयका ३ जना र रत्नराज्य माध्यमिक विद्यालयका २ जना रहेका छन् । गएको वर्ष १७ जनाले ४ जीपीए प्राप्त गरेका थिए ।

गत वर्ष ४ हजार ८५ जना परीक्षार्थीमध्ये ३ हजार १०९ जना (७६(०८ प्रतिशत) ग्रेडेड भएका थिए । यस वर्ष ८२ जना बढी विद्यार्थी परीक्षामा सहभागी भए भने ग्रेडेड हुने दर ०.६७ प्रतिशतले बढेको छ ।

यस वर्षको नतिजाअनुसार ३.६ देखि ४ जीपीए ल्याउने ५४३ जना, ३.२ देखि ३.६ जीपीए ल्याउने १ हजार ४ जना, २.८ देखि ३.२ जीपीए ल्याउने १ हजार १५३ जना, २.४ देखि २.८ जीपीए ल्याउने ४६९ जना तथा २.० देखि २.४ जीपीए ल्याउने १४ जना रहेका छन् ।

गत वर्ष सोही श्रेणीमा क्रमशः ७७४, १,१५६, ९०२, २४६ र १४ जना विद्यार्थी थिए । यस वर्ष उच्च जीपीए प्राप्त गर्ने विद्यार्थी संख्या घटे पनि मध्यम श्रेणीका विद्यार्थी बढेको देखिन्छ । गत वर्ष ९७६ जना नन–ग्रेडेड (एनजी) विद्यार्थी थिए भने यस वर्ष ९६९ जना नन–ग्रेडेड भएका छन् ।

शिक्षा विभागका शिक्षा अधिकारी नमराज ढकालका अनुसार नतिजाको सूक्ष्म विश्लेषण गरी सुधार देखिएका विद्यालयलाई प्रोत्साहन गरिनेछ भने निरन्तर कमजोर नतिजा आउने विद्यालयलाई विशेष निगरानीमा राखिनेछ ।

नतिजा सुधारका कारण र महानगरको प्रयास
शिक्षा विभागका अनुसार विद्यालयहरूको शैक्षिक गुणस्तरमा सुधार, विद्यार्थीको अध्ययनप्रतिको रुचि, शिक्षकहरूको सक्रियता तथा नतिजा सुधारका कार्यक्रमले सकारात्मक प्रभाव पारेको हो ।

शिक्षा अधिकृत केशव ज्ञवालीका अनुसार ‘पुस्तकविहीन शुक्रबार’ कार्यक्रमले विद्यार्थीको सिकाइमा महत्त्वपूर्ण योगदान गरेको छ । यस कार्यक्रमअन्तर्गत पाठ्यक्रम, सहपाठ्यक्रम र अतिरिक्त क्रियाकलापलाई एकीकृत गरी बहुआयामिक सिकाइ अभ्यास गराइएको थियो ।

महानगरले शिक्षक तालिम, स्मार्ट कक्षा विस्तार, डिजिटल शिक्षण सामग्री, तथा सिकाइ सुधारका विशेष कार्यक्रम सञ्चालन गर्दै आएको छ । शिक्षा अधिकृत इन्द्रप्रसाद दाहालका अनुसार प्रधानाध्यापकका लागि व्यवस्थापकीय तालिम, शिक्षकका लागि विषयगत तालिम, डिजिटल शिक्षण अभ्यास तथा सिकाइ सुधारका कार्यक्रम नियमित रूपमा सञ्चालन गरिएका छन् ।

पछिल्लो ५ वर्षमा काठमाडौँ महानगरपालिका भित्रका सामुदायिक विद्यालयबाट प्राप्त ग्रेडमा आधारित नतिजा यस्तो छ ।

३.६ देखि ४ जीपीए ल्याउने २०७८ मा ८५ जना, २०७९ मा १५० जना, २०८० मा ५४५ जना,  २०८१ मा ७७४ जना र २०८२ मा ५४३ जना रहेका छन् ।

३.२ देखि ३.६ जीपीए ल्याउने  २०७८ मा ३२५ जना,  २०७९ मा ४८८ जना,  २०८० मा १,०५० जना,  २०८१ मा १,१५६ जना र    २०८२ मा १,००४ जना रहेका छन् ।

यसैगरी, २.८ देखि ३.२ जीपीए ल्याउने  २०७८ मा ६९७ जना,  २०७९ मा ८०९ जना,  २०८० मा १०८० जना,  २०८१ मा ९०२ जना र  २०८२ मा १,१५३ जना रहेका छन् ।

२.४ देखि २.८ जीपीए ल्याउने २०७८ मा ९६६ जना,  २०७९ मा ९८२ जना, २०८० मा ३९५ जना, २०८१ मा २४६ जना र २०८२ मा ४६९ जना रहेका छन् ।

त्यस्तै, २.० देखि २.४ जीपीए ल्याउने  २०७८ मा १,००४ जना,  २०७९ मा ९२३ जना,  २०८० मा १६ जना,  २०८१ मा १४ जना  र
२०८२ मा १४ जना रहेका छन् ।

२ भन्दा कम जीपीए ल्याउने (नट ग्रेडेड)  २०७८ मा ८६६ जना, २०७९ मा ५६९ जना, २०८० मा ८७७ जना,  २०८१ मा ९७६ जना र  २०८२ मा ९६९ जना रहेकाे महानगरले जनाएकाे छ ।

यो पनि पढ्नुहोस्

कामु प्रधानन्यायाधीश सिद्धान्तविपरीत

कामु प्रधानन्यायाधीश सिद्धान्तविपरीत

२ घण्टा अगाडि

सेयर कारोबार रकम सुक्खा

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सरकारमाथि विभिन्न खालका प्रश्नहरू रहेकोले समर्थन गर्न नसकिने

विश्वकप २०२६ को समूह ‘डी’ खेल अप्रत्याशित नतिजा आउन सक्ने

कंगोमा इबोलाबाट ८० जनाको मृत्यु

बनेपामा रहेको सुकुम्बासी होल्डिङ सेन्टरको निरीक्षण

रूसको राजधानी मस्कोमा एक वर्षयताकै ठूलो आक्रमण

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक