काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले आफू जीवनी लेख्ने नभइ इतिहास लेख्ने यात्रामा रहेको जनाइका छन् ।
पार्टीका सांसदहरूका लागि आयोजना गरिएको दुई दिने प्रशिक्षणको समापन सभालाई सम्बोधन गर्दै उनले आफू जीवनी लेख्ने यात्रामा नभइ इतिहास लेख्ने यात्रामा भएकाले सबै सांसदको यात्रा इतिहास लेख्न हुनुपर्ने जनाएका हुन् ।
‘मैले राजनीतिलाई धेरै ठूलो सपनाको रुपमा अघि सारेको थिएँ । नेताको रुपमा एउटा मान्छे सरकारको कुन तहमा पुग्छ भन्ने ठूलो कुरा होइन,’ सभापति लामिछानेले भने, ‘सरकारमा मन्त्रीका रुपमा रहला प्रधानमन्त्रीको रुपमा रहला त्यो ठूलो कुरा होइन । तर मुलुकलाई एउटा कस्तो नेतृत्व दिंदैछौं भन्ने ठूलो कुरा होइन ।’


