काठमाडौं । सर्वोच्च अदालतको प्रधान न्यायाधीश सिफारिसको भोलिपल्ट कामु प्रधान न्यायाधीश सहित २ न्यायाधीशले मुद्दा हेरेका छैनन् ।
आज कामु प्रधान न्यायाधीश सपना प्रधान मल्ल, प्रधान न्यायाधीशमा सिफारिस भएका डा मनोज शर्माको इजलास तोकिएको छैन ।
सर्वोच्च अदालतले नियमित भन्दा २ घण्टा ढिला गरेर दैनिक मुद्दाको पेसी सूची निकालेको छ ।
पछिल्लो समय साढे ९ देखि पौने १० भित्र दैनिक पेसी सूची सार्वजनिक हुनेगरेको भए पनि आज पौने ११ बजेमात्र सर्वोच्चको वेबसाइटमा पेसी सूची चढेको हो ।

