काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकार, सदन र पार्टीबिच सहजीकरणका लागि महामन्त्री भूपदेव शाहको संयोजकत्वमा गठन गरेको समितिले काम सुरु गरेको छ ।
वैशाख ७ गते बसेको केन्द्रीय समिति बैठकले शाहको नेतृत्वमा ९ सदस्यीय समिति बनाउने निर्णय गरेको थियो । संयोजक शाहले काम सुरु भइसकेको जानकारी दिए ।
५. पार्टी नेतृत्वलाई शासन सञ्चालन, संसदीय गतिविधि, जनमत, समसामयिक राजनीतिक अवस्था तथा सार्वजनिक सरोकारका विषयहरूमा नियमित, तथ्यपरक सूचना तथा रणनीतिक विश्लेषण उपलब्ध गराउने।
६. पार्टीको सार्वजनिक विश्वसनीयता, संस्थागत एकरूपता कायम राख्न आधिकारीक सन्देश प्रवाह र नीति अभिब्यक्तिमा एकरूपता सुनिश्चत गर्दै पारदर्शिता तथा जनविश्वास अभिवृद्धि गर्ने।
७.राजनीतिक रूपमा संवेदनशील अवस्था, संकट, विवाद वा आकस्मिक परिस्थितिमा पार्टिको बिधान र दर्शनको मर्म अनुसार तथ्यमा आधारित निर्णय प्रक्रियाका लागि आवश्यक संस्थागत सहजीकरण गर्ने।
८. आमसरोकारका विषयहरूमा शीघ्र निर्णय प्रक्रिया, सुशासन र प्रभावकारी सार्बजनिक सेवा प्रबाह सुनिश्चित गर्न निगरानी र सहजीकरण गर्ने।
९. सरकारका विभिन्न निकायहरूको कार्यक्षमता, सेवा प्रवाह तथा संस्थागत प्रभावकारिता अभिवृद्धिका लागि आवश्यक अध्ययन, विश्लेषण, परामर्श तथा विज्ञहरूको सुझाव संकलन, अध्ययन र विश्लेषणका आधारमा सरकारलाई नीतिगत सिफारिस गर्ने। तथा यसका लागि लागि जरूरि पर्ने बिज्ञहरूको रोष्टर तयार गरी सहजीकरण गर्ने।
१०. नीति मन्थन, विचार विमर्श, रणनीतिक समीक्षा तथा नीतिगत छलफलसम्बन्धी प्रक्रियाहरूलाई नियमित, संस्थागत तथा परिणाममुखी रूपमा सञ्चालन गर्ने व्यवस्था गर्ने।
को–को छन् समितिमा ?
भूप देव शाह, महामन्त्री – संयोजक
२. सरिताश्री ज्ञवाली – उप–संयोजक
३. राम कुमार ढुंगाना – सदस्य सचिब
४. रवि किरण अधिकारी – सदस्य
५. विशाल अधिकारी – सदस्य
६. अरविन्द साह, सांसद – सदस्य
७. करिष्मा कठरिया, सांसद – सदस्य
८. मनिष खनाल, सांसद – सदस्य
९. रमेश सापकोटा, सांसद – सदस्य
१०. श्रृष्टि भट्टराई, सांसद – सदस्य


