काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई) ले रमजानको अवसरमा १ सय २८ नेपालीलाई आममाफी दिएको छ ।
आममाफी दिएकोमा नेपाल सरकारले यूएईप्रति कृतज्ञता प्रकट गरेको छ । “पवित्र रमजानको शुभ अवसरमा १२८ जना नेपाली कैदीहरूलाई माफी दिएकोमा नेपाल सरकार युनाइटेड अरब इमिरेट्स सरकारप्रति हार्दिक आभार र कृतज्ञता व्यक्त गर्दछ,” परराष्ट्र मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
यूएईले मानवीय आधारमा दिएको क्षमालाई नेपाल सरकारले उच्च मूल्यांकन गरेको विज्ञप्तिमा जनाइएको छ ।
यूएईको अबुधाबीस्थित नेपाल दूतावासमार्फत नेपाल सरकारको अनुरोधपछि १ सय २८ नेपाली कैदीलाई माफी दिइएको परराष्ट्रले जनाएको छ ।


