सोम, असार १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

रुवान्डामा जारी आईसीसी महिला च्यालेन्ज ट्रफीमा दोस्रो जित हासिल

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
Reading Time: 1 min read
0
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपालले रुवान्डामा जारी आईसीसी महिला च्यालेन्ज ट्रफीमा दोस्रो जित हासिल गरेको छ ।
बुधबार भएको खेलमा नेपालले आयोजक रुवान्डालाई २ विकेटले हराएको हो । योसँगैं नेपालले लिगमा तीन खेलमा ४ अंक जोडेको छ । रुवान्डा र इटालीको पनि ४÷४ अंक नै छ । पहिलो खेलमा अमेरिकासँग पराजित भएको नेपालले यसपछि इटालीलाई हराएको थियो ।

जितको लागि ८९ रनको सामान्य लक्ष्य नेपालले अन्तिम ओभरको चौथो बलमा हासिल गरेको थियो । यो जित हासिल गर्न नेपालले आठ विकेटसमेत गुमाएको थियो ।

नेपालको लागि सम्झना खड्का र विन्दु रावलले पहिलो विकेटको लागि ५१ रनको साझेदारी गर्दै राम्रो सुरुआत दिलाए । विन्दु मात्र १० रन योगदान दिएर आउट भएकी थिइन् । दुई रनले अर्धशतक बनाउन चुकेकी सम्झना (४८ रन) प्लेयर अफ द म्याच बनेकी थिइन् ।

सम्झना आउट हुँदा नेपालको स्कोर १२.४ ओभरमा २ विकेटको नोक्सानीमा ७४ थियो । जितको लागि मात्र १५ रन आवश्यक थियो । तर, यसपछि भने नेपालले नाटकीय ढंगमा ६ विकेट गुमाउन पुगेको थियो । कप्तान इन्दु बर्मा १ रनमा रनआउट भएपछि कविता कुँवर शून्यमै पभेलियन फर्केकी थिइन् ।

४ विकेटको क्षतिमा ७९ रन भएको थियो । यसपछि ४ रन जोड्दा कविता जोशी १ रनमा आउट भइन् । स्कोर ८५ हुँदा नेपालले उपकप्तान पूजा महतोलाई गुमाउन पुगेको थियो । उनले १३ रन जोडेकी थिइन् । यसपछि ८६ रनमा रुबि पोद्दार १ र रुबिना क्षेत्री २ रनमा आउट भए ।

पराजित हुने संभावनामा रहेको नेपालको लागि रचना चौधरीले विजयी रन जोडिन् । उनी ३ रनमा नटआउट रहँदा रिया शर्माले बलको सामना गर्नु परेन । रुवान्डाको बलिङमा गिओभानिस उवासेले ३ तथा गिसेली इसीम्वे र हेनरेटी इसीम्वेले २÷२ विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको रुवान्डाले १९.४ ओभरमा अलआउट हुँदैं ८८ रन बनाएको थियो । एलिस इकुज्वेले सर्वाधिक १७ रन तथा मार्भेली उवासेले १५ रन, क्लारिस उवासेले १३ रन र रोसिन इरेराले १२ रन बनाए । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपाली बलरमा रचना चौधरीले सर्वाधिक ३ विकेट लिइन् भने कविता कुँवर र पुजा महतोले २÷२ तथा मनिषा उपाध्याय र रिया शमाले १÷१ विकेट हासिल गरेका थिए ।

यो पनि पढ्नुहोस्

स्कटल्यान्डले हाइटीमाथि १–० को जित निकाल्यो

स्कटल्यान्डले हाइटीमाथि १–० को जित निकाल्यो

१९ घण्टा अगाडि
कतारले  विश्वकपमा स्विट्जरल्यान्डसित बराबरी खेल्याे

कतारले  विश्वकपमा स्विट्जरल्यान्डसित बराबरी खेल्याे

२१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

स्कटल्यान्डले हाइटीमाथि १–० को जित निकाल्यो

रास्वपाको बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

आज विश्व रक्तदाता दिवस

कामपाले विद्युतीय भवन अनुमति प्रणालीको उपयोग गर्ने प्रबन्ध मिलाउने

पाल्पामा हालसम्म ८४२ जनामा एचआइभी सङ्क्रमित

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक