मङ्ल, असार २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

इरानसँगको युद्धविराम अवधि बढाउने घोषणा

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
0
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘विश्वको सम्राट बन्न’ चाहेको आरोप
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम अवधि बढाउने घोषणा गरेका छन्।

ट्रम्पले युद्धविराम विस्तार गर्ने निर्णय पाकिस्तानका मध्यस्थकर्ताको आग्रहमा आएको बताएका छन्। इरानले अमेरिकी नाकाबन्दीलाई युद्धको कार्य भन्दै युद्धविराम उल्लंघन भएको बताएका छन्। ९ वैशाख, काठमाडौं । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम अवधि बढाउने घोषणा गरेका छन् । उनले तेहरानलाई युद्ध अन्त्य गर्न प्रस्ताव ल्याउन थप समय दिन आक्रमण स्थगित गर्ने पनि जनाएका छन् ।

मंगलबार गरिएको यो निर्णय पाकिस्तानका मध्यस्थकर्ताको आग्रहमा आएको ट्रम्पले जनाएका छन् । यसअघि ट्रम्पले बुधबारसम्म पनि इरान सहमतिमा नआए आक्रमण गर्ने धम्की दिएका थिए । उनले युद्धविराम अवधि लम्बिए पनि इरानमाथिको नाकाबन्दी जारी रहेको जनाएका छन् । ‘हाम्रो सेनालाई नाकाबन्दी जारी राख्न र अन्य सबै हिसाबले तयार अवस्थामा रहन निर्देशन दिएको छु,’ ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्, ‘उनीहरूको प्रस्ताव प्रस्तुत नभएसम्म र वार्ता निष्कर्षमा नपुगेसम्म युद्धविराम विस्तार गरिनेछ ।’ युद्धविराम कति समयसम्म लम्बिएको हो भन्ने कुरा ट्रम्पले खुलाएका छैनन् । युद्धविराम विस्तार ट्रम्प प्रशासनको अचानक निर्णय परिवर्तनको उदाहरण बनेको छ ।

सामाजिक सञ्जाल पोस्ट गर्नुअघि केही घण्टामै ट्रम्पले युद्धविराम नलम्ब्याउने र इरानमाथि ठूलो आक्रमण गर्ने चेतावनी दिएका थिए । त्यसबीच इरानी अधिकारीहरूले अमेरिकाले इरानका बन्दरगाहहरूमा लगाएको नौसैनिक नाकाबन्दीको आलोचना गरेका थिए, जसले बुधबारका लागि तय गरिएको वार्तामा उनीहरूको सहभागिता अनिश्चित बनाएको थियो । पछि पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले युद्धविराम लम्ब्याउने निर्णयका लागि ट्रम्पप्रति धन्यवाद व्यक्त गर्दै इस्लामाबादले द्वन्द्व समाधानका लागि कूटनीतिक पहल जारी राख्ने जनाएका छन् ।

‘म आशा गर्दछु कि दुवै पक्षले युद्धविरामको पालना जारी राख्नेछन् र इस्लामाबादमा हुने दोस्रो चरणको वार्ताबाट स्थायी समाधान निकाल्न सक्नेछन्,’ शरीफले एक्समा लेखेका छन् । तर नौसैनिक नाकाबन्दी जारी रहेकाले युद्धविराम विस्तारले मात्र इरानलाई वार्तामा ल्याउन पर्याप्त हुन्छ कि हुँदैन भन्ने स्पष्ट छैन । युद्धविराम अवधि लम्ब्याउने ट्रम्पको वक्तव्यबारे इरानले तत्काल प्रतिक्रिया दिएको छैन ।

अर्धसरकारी तास्निम समाचार एजेन्सीले तेहरानको धारणा पछि औपचारिक रूपमा सार्वजनिक गरिने जनाएको अलजजिराले लेखेको छ । यो पनि पढ्नुहोस अमेरिकाले युद्धविराम लम्ब्याउँदा इरान किन भयो सशंकित ? यसअघि मंगलबार नै इरानका विदेशमन्त्री अब्बास अराघचीले बन्दरगाह नाकाबन्दीलाई ‘युद्धको कार्य’ भन्दै विद्यमान युद्धविरामको उल्लंघन भएको बताएका थिए । ‘इरानलाई प्रतिबन्ध निष्प्रभावी बनाउने, आफ्ना हित रक्षा गर्ने र दबाबको सामना गर्ने तरिका थाहा छ,’ उनले लेखेका छन् ।

‘नेतृत्व विभाजन’ सम्बन्धी ट्रम्पको दाबी ‘गलत बुझाइ’ गत फेब्रुअरी २८ देखि अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेयता सर्वोच्च नेता आयातोल्लाह अली खामेनीसहित धेरै उच्च अधिकारी मारिएका छन् । तर त्यसका बाबजुद तेहरानको सत्ता संरचनामा ठूलो विभाजन देखिएको छैन, जहाँ इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सले युद्धको नेतृत्व गरिरहेको छ ।

खामेनीको स्थानमा उनका छोरा मोज्तबा खामेनी आएका छन्, जसले गत महिना नियुक्त भएदेखि सार्वजनिक रूपमा उपस्थिति जनाएका छैनन् ।

तेहरानस्थित अल जजीराका संवाददाता अली हाशेमका अनुसार ट्रम्पले तेहरानको नेतृत्व विभाजित अवस्थामा रहेकाले वार्तामा सहमति जुट्न नसकेको भन्दै आए पनि ‘नेतृत्व विभाजन’ सम्बन्धी ट्रम्पको दाबी ‘गलत बुझाइ’ हुनसक्ने  जनाएका छन् । सम्वाददाता हाशेमले भनेका छन्, ‘पूर्व सर्वोच्च नेता खामेनीको हत्या पछि इरानमा नेतृत्व निकै एकीकृत छ ।

नयाँ नेता मोज्तबा खामेनी र उनको समूह पछिल्लो १५ वर्षदेखि सँगै काम गरिरहेको टोली हो र अहिले निर्णय केन्द्रमा पनि यही समूह सक्रिय छ ।’

अप्रिल ८ मा इरान र अमेरिकाबीच दुई साता लामो प्रारम्भिक युद्धविराम भएको थियो, तर लेबनानको समावेश र स्ट्रटे अफ होर्मुजको नियन्त्रण जस्ता विषयमा मतभेदका कारण तनाव कायम छ ।

युद्ध अन्त्य गर्न अमेरिका इरानको आणविक कार्यक्रम पूर्ण रूपमा बन्द गर्न, क्षेप्यास्त्र उत्पादन सीमित गर्न र हेज्बोल्लाह तथा हमासजस्ता क्षेत्रीय सहयोगीलाई दिएको समर्थन रोक्नुपर्ने अडानमा छ । तर तेहरानले शान्तिपूर्ण प्रयोजनका लागि घरेलु रूपमा युरेनियम समृद्धि गर्ने आफ्नो अधिकारमा अडान लिएको छ । साथै सैन्य क्षमता वा क्षेत्रीय सम्बन्धलाई सम्झौताको हिस्सा बनाउने प्रस्ताव पनि अस्वीकार गरेको छ ।

अर्को विवादित विषय इरानसँग रहेको उच्चस्तरीय समृद्ध युरेनियमको भण्डारण हो । ट्रम्पले इरानले बम आक्रमणमा ध्वस्त स्थलबाट आणविक सामग्री हटाउन सहमति जनाएको दाबी गरेका छन् । तर इरानले यस्तो सामग्री देशबाहिर लैजान नदिने स्पष्ट पारेको छ ।

यो पनि पढ्नुहोस्

काबुलको सैन्य विमानस्थल विस्फोट, १० जनाको मृत्यु

यमनमा विस्फोट हुँदा १२ जना सैनिकको मृत्यु

४ दिन अगाडि
मध्यपूर्व क्षेत्रमा स्थायी शान्ति कायम गर्न आह्वान

मध्यपूर्व क्षेत्रमा स्थायी शान्ति कायम गर्न आह्वान

५ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

संस्कृति बन्न सकेन रक्तदान

अजय र विर्जनलाई तत्काल रिहा गर्न राष्ट्रिय जेनजी–नागरिक अभियानको माग

नाइमा नेपाल मोबिलिटी एक्स्पोको स्टल बाँडफाँड कार्यक्रम सम्पन्न

स्नातक प्रवेश तयारी अब अनलाइनमै

स्वीडेनले ट्युनिसियालाई ५-१ गाेलले हरायाे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक