कीर्तिपुर । नेपाल आर्मीले राष्टिय खो खो प्रतियोगिताको फाइलनमा दुबै समूहमा विजयी हुँदै ७५ हजारको पुरस्कार प्राप्त गरेका छन् ।
यहाँस्थित कभर्ड हलमा आयोजित आठौँ पुरुष र सातौँ महिला प्रतियोगितामा नेपाल आर्मीका खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरेर विजयी भएका हुन् ।
प्रतिस्पर्धात्मक खेलको चार सेटमा १६ अंकविरुद्ध नेपाल आर्मीले १९ अंकले लुम्बिनी प्रदेशलाई पराजित गरेको हो ।
महिला विधाको फाइनल खेलमा ४ अकंमा सिमित लुम्बिनी प्रदेशलाई महिला आर्मी समूहले १६ अकंको फराकिलो अन्तरले पराजित गरेको छ ।
दोश्रो भएका दुबै समूहका लुम्बिनी प्रदेशले ५० हजारको नगदसहित कप र मेडल प्राप्त गरेका छन् ।
यस्तै, दुबै विधामा बागमति प्रदेशले तेश्रो पुरस्कारसहित २५ हजारको नगद गरेको छ । पुरुषमा ५ अकं र महिलामा ४ अंकका विरुद्ध बागमतिका दुबै समूहटले १२ अकंले पराजित गरेको हो ।
यस्तै, नेपाली आर्मीका खेलाडीहरु दिपा विक वेष्ट रक्षक, वेष्ट आक्रमक र विष्ण थारु हुनुभयो भने लुम्बिनी प्रदेशका भरत सारु वेष्ट रक्षक हुनुभयो । उहाँहरुले जनही १० हजारसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको नेपाल खो खो संघका अध्यक्ष प्रदिप महर्जनले जानकारी दिनुभयो ।
दोश्रो विश्वकप खो खो प्रतियोगितामा महिला र पुरुष दुबै विधामा सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको हो ।
चारदिनसम्म सञ्चालित खेलमा पुरुष समूहमा नेपाली आर्मीसहित आठवटा
पहिलो हुनसक्ने क्षमता अभिवृद्धिको लागि फलदायी हुने उहाँले बताउनुभयो । कीर्तिपुर नगरपालिकाका प्रमुख कृष्णमान डंगोलले खेलाडीहरुलाई पुरस्कार दिनुभएको थियो ।
पहिलो विश्वकपमा नेपाल दुवै विधामा दोश्रो स्थानमा चित्त बुझाउनुपरेको थियो ।


