आइत, बैशाख २०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

इटालियन फुटबलबाट अध्यक्ष गाब्रिएले दिए राजीनामा

धारणा न्यूज by धारणा न्यूज
४ हप्ता अगाडि
Reading Time: 1 min read
0
इटालियन फुटबलबाट अध्यक्ष गाब्रिएले दिए राजीनामा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । इटाली लगातार तेस्रोपटक विश्वकपमा छनोट हुन असफल भएपछि इटालियन फुटबल महासंघका अध्यक्ष गाब्रिएले ग्राभिनाले पदबाट राजीनामा दिएका छन् ।

चार पटकको विश्वकप विजेता इटाली निर्णायक खेलअन्तर्गत प्लेअफ फाइनलमा बोस्निया–हर्जेगोभिनासँग पेनाल्टीमा ४–१ ले पराजित भएपछि छनोट हुन असफल भएको थियो ।

यसअघि इटालीले सन् २०१८ को रसिया र २०२२ को कतार विश्वकप पनि गुमाएको थियो । इतिहासमा पहिलो पटक कुनै पनि पूर्व विश्वकप विजेता टोली लगातार तीन पटक विश्वकपमा छनोट हुन असफल भएको हो ।

यसैबीच राष्ट्रिय टोलीसँग नजिकबाट काम गरिरहेका पूर्व गोलकिपर जियानलुइजी बुफोनले पनि प्रतिनिधि प्रमुख पदबाट राजीनामा दिएका छन् । सन् २००६ को विश्वकप विजेता टोलीका सदस्य बुफोनले मुख्य लक्ष्य इटालीलाई पुनः विश्वकपमा फर्काउनु भए पनि त्यो पूरा गर्न नसकेको भन्दै नैतिक जिम्मेवारीका आधारमा पद छाडेको जनाएएका छन् ।

७२ वर्षीय ग्राभिनाले सन् २०१८ अक्टोबरमा अध्यक्ष पद सम्हालेका थिए। उनको कार्यकालमा इटालीले युरो २०२० को उपाधि जितेको थियो, जहाँ फाइनलमा इंग्ल्याण्डलाई पेनाल्टीमा पराजित गरेको थियो ।

तर पछिल्ला असफलतापछि उनीमाथि चर्को आलोचना भइरहेको थियो । उनले प्रशिक्षकका रूपमा लुचियानो स्पालेट्टी र हालका प्रशिक्षक जेन्नारो गाट्टुसोलाई नियुक्त गरेका थिए । राजीनामाअघि उनले गाट्टुसोलाई पदमै रहन आग्रह गरेका थिए ।

फुटबल महासंघले नयाँ अध्यक्ष चयनका लागि जुन २२ मा निर्वाचन गर्ने जनाएको छ । नयाँ नेतृत्वका लागि इटालियन ओलम्पिक कमिटीका पूर्व प्रमुख जियोभान्नी मालागो प्रमुख दाबेदार मानिएका छन् ।

यससँगै अर्को चिन्ताको विषयका रूपमा सन् २०३२ को युरोपियन च्याम्पियनसिप पनि देखिएको छ । इटालीले टर्कीसँग संयुक्त रूपमा आयोजना गर्ने योजना भए पनि आवश्यक पूर्वाधार अभावका कारण जोखिममा परेको छ । युईएफएका अध्यक्ष अलेक्जान्डर चेफेरिनले आवश्यक सुधार नगरे प्रतियोगिता इटालीमा नहुन सक्ने चेतावनी दिएका छन्।

इटालीले अक्टोबरभित्र पाँचवटा स्टेडियमको नाम युएफालाई बुझाउनुपर्नेछ। तर पुराना स्टेडियम, निर्माण ढिलाइ र सरकारी विवादका कारण धेरै क्लबहरूले पूर्वाधार सुधार गर्न सकेका छैनन्।

चेफेरिनले यसका लागि खेल प्रशासनभन्दा बढी इटालीका राजनीतिक नेतृत्व जिम्मेवार हुन सक्ने टिप्पणी गरेका छन्।

यो पनि पढ्नुहोस्

क्रिकेटर सन्दीप लामिछानेको भिसालाई लिएर अमेरिकी दूतावास यस्ताे प्रतिक्रिया दिए

सन्दीप लिग–२ प्रतियोगितामा एक सय विकेट लिने विश्वकै पहिलो बलर

२३ घण्टा अगाडि
बिच कबड्डीको उपाधि भारतीय महिला कबड्डी टोलीले जित्याे

बिच कबड्डीको उपाधि भारतीय महिला कबड्डी टोलीले जित्याे

५ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

पाकिस्तानमार्फत अमेरिकासँग वार्ताका लागि नयाँ प्रस्ताव ल्याइयाे

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ

सन्दीप लिग–२ प्रतियोगितामा एक सय विकेट लिने विश्वकै पहिलो बलर

एनआईसी एसिया ए डिभिजन लिगको बैंकिंग पार्टनर बने

इरान र इजरायलबीच फेरि तनाव तीव्र

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक