मकवानपुर । मकवानपुरगढी गाउँपालिका-२ मापुङ बस्ने ३५ वर्षीय राज कुमार गोलेको करेन्ट लागेर बिहीबार साँझ मृत्यु भएको छ ।
सोही गाउँपालिका-२ मोरेस्थित गाउँमा बिजुलीको पोल गाड्ने क्रममा हाईटेन्सन लाईनबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको चुरेहिल अस्पताल मकवानपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै करेन्ट लागेर घाइते भएका अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
यसका साथै राप्तीसोनारी गाउँपालिका-७ पिप्रहवास्थित राप्ती नदीमा डुबेर नरैनापुर गाउँपालिका-६ सोनबर्षा बस्ने राम कुमार राडकी छोरी १३ वर्षीया अनिता राडको बिहीबार साँझ मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


