काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५ रुपैयाँका दरले बढाएको छ।
निगमले नयाँ मूल्य चैत २० गते मध्यरातदेखि लागू हुने जनाएको छ। निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धि र आपूर्ति लागत बढ्दै जाँदा मूल्य समायोजन गर्न बाध्य भएको हो।
मूल्यवृद्धिसँगै बजारमा महँगी अझ बढ्ने अनुमान गरिएको छ। इन्धनको भाउ बढेपछि यातायात खर्च, ढुवानी तथा दैनिक उपभोग्य वस्तुको मूल्यमा समेत प्रभाव पर्ने देखिएको छ।


