काठमाडाैं । राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले सरकारले गर्ने राम्रो कामका लागि आफूहरूको सहयोग रहने जनाएका छन ।
बिहीबार शपथग्रहण गर्न संघीय संसद भवन सिंहदरबार पुगेका सांसद शाहीले संसदबाटै जनताको समस्या समाधान हुने आशा राखेका छन् ।
‘पहिलाजस्तो मन्त्रीको गेटमा जान नपरोस्, संसदबाटै जनताको समस्याको समाधान होस् । अहिले हामी सकारात्मक र राम्रा काममा सहयोग गरेरै अगाडि बढ्छौँ,’ उनले भने ।


