शनि, जेष्ठ ३०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

माइक्रोवेभ ओभन ग्यास बचत गर्ने उपयोगी विकल्प

धारणा न्यूज by धारणा न्यूज
३ महिना अगाडि
Reading Time: 1 min read
0
माइक्रोवेभ ओभन ग्यास बचत गर्ने उपयोगी विकल्प
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । पछिल्लो समय अन्तर्राष्ट्रिय ऊर्जा बजारमा देखिएको उतारचढावका कारण एलपीजी ग्यासको मूल्य र आपूर्तिबारे विभिन्न चर्चा भइरहेका छन्।

नेपालजस्तो आयातमा निर्भर देशका लागि ऊर्जा स्रोतको दक्ष प्रयोग झन् महत्त्वपूर्ण बन्दै गएको अवस्थामा धेरै घरपरिवारले ग्यासको प्रयोग कम गर्दै वैकल्पिक तथा स्मार्ट भान्सा उपकरणतर्फ ध्यान दिन थालेका छन्। यही परिवेशमा माइक्रोवेभ ओभन नेपाली सहरी भान्सामा ग्यास बचत गर्ने उपयोगी विकल्पका रूपमा लोकप्रिय हुँदै गएको छ।

माइक्रोवेभ प्रविधिबाट खाना छिटो पकाउन सकिने भएकाले नास्ता, स्न्याक्स, बेकिङ तथा विभिन्न परिकार तयार गर्न ग्यासको प्रयोग घटाउन सहयोग पुग्ने प्रयोगकर्ताहरू जनाउँछन्। ललितपुरमा बस्ने र एक निजी बैङ्कमा कार्यरत स्मिता अधिकारीका लागि माइक्रोवेभ ओभन अहिले दैनिक भान्साको महत्त्वपूर्ण हिस्सा बनेको छ। व्यस्त कामकाजी जीवनशैलीका कारण बिहान–बेलुका धेरै समय भान्सामा खर्च गर्न गाह्रो हुने उनी जनाउँछिन्।

“अफिस जानुअघि छिटो नास्ता बनाउनु पर्छ, बेलुका घर फर्किएपछि पनि धेरै समय हुँदैन,” उनी भन्छिन्। “माइक्रोवेभ ओभन भएपछि खाना, बेक्ड डिश, स्न्याक्स वा अन्य परिकार छिटो पकाउन सकिन्छ। यसले समय बचत गर्नुका साथै ग्यासको प्रयोग पनि धेरै घटाएको छ।” उनका अनुसार अहिले घरमा दैनिक पकाइने धेरै परिकार माइक्रोवेभमै तयार हुने भएकाले ग्यासको प्रयोग पहिलेको तुलनामा निकै कम भएको छ। माइक्रोवेभ ओभनमा दाल, भात जस्ता दैनिक नेपाली परिकार पकाउनदेखि लिएर तरकारी, स्न्याक्स, बेकिङ तथा विभिन्न नयाँ परिकार तयार गर्न समेत सजिलै सकिने भएकाले यो उपकरण आधुनिक भान्साको उपयोगी सहायक बन्न थालेको छ। नेपालमा गोडरेज माइक्रोवेभ ओभन विभिन्न मोडेल र क्षमतामा उपलब्ध छन्।

सोलो, ग्रिल र कन्भेक्सन जस्ता विकल्पमा उपलब्ध यी माइक्रोवेभहरू २० लिटर, २३ लिटर र २८ लिटर क्षमतामा पाइन्छन्। इन्स्टाकुक रेसिपी मेनु, मल्टि-डिस्ट्रिब्युसन हीटिङ सिस्टम, अटो कुकिङ मेनु, डुअल ग्रिल टेक्नोलोजी तथा डिफ्रोस्ट फङ्क्सन जस्ता सुविधाले प्रयोगकर्तालाई विभिन्न परिकार सजिलै पकाउन सहयोग गर्छ। केही मोडेलहरूमा हेल्दी एयर फ्राई प्रविधि समेत उपलब्ध छ, जसले कम तेल प्रयोग गरेर स्वस्थकर खाना तयार गर्न मद्दत गर्दछ। यसरी माइक्रोवेभ ओभनले केवल खाना तताउने मात्र नभई पकाउने, बेकिङ गर्ने तथा विभिन्न परिकार तयार गर्ने सुविधा प्रदान गर्दै आधुनिक भान्सामा महत्त्वपूर्ण स्थान बनाइरहेको छ। नेपालमा गोडरेज माइक्रोवेभ ओभनहरू सीजी इलेकट्रोनिक्स मार्फत उपलब्ध छन्।

चौधरी ग्रुप अन्तर्गतको सीजी इलेकट्रोनिक्स नेपालका प्रमुख होम अप्लायन्स वितरक कम्पनीहरूमध्ये एक हो, जसले अन्तर्राष्ट्रिय ब्रान्डका आधुनिक गृह उपकरण नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ। गोडरेज ब्रान्डका रेफ्रिजरेटर, एयर कूलर, वासिङ मेसिन तथा चेस्ट फ्रीजर जस्ता उत्पादनहरू पनि नेपाली बजारमा लोकप्रिय रहँदै आएका छन्। ग्यासको प्रयोग बचत गर्दै छिटो र सहज रूपमा खाना पकाउने समाधानका रूपमा गोडरेज माइक्रोवेभ ओभन नेपाली भान्सामा क्रमशः लोकप्रिय बन्दै गएको देखिन्छ। यी उपकरणहरू सीजी इलेकट्रोनिक्सका शोरूम तथा देशभरका प्रमुख इलेकट्रोनिक्स पसलहरूमा उपलब्ध छन्।

यो पनि पढ्नुहोस्

सेयर बजार परिसूचक नेप्से सामान्य घटेर बन्द

घट्यो सेयर काराेबार

३ दिन अगाडि
नेपालमा उबरकाे सेवा सुरु गर्ने घोषणा

नेपालमा उबरकाे सेवा सुरु गर्ने घोषणा

१ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपालभाषाकाे पाठ्यपुस्तक अभावबारे ध्यानाकर्षण

सूचना नदिँदा अनुमान गरेर गाडी आयात गर्ने व्यापारीहरु मर्कामा

एन्फाबारे छानबिन गर्न समिति गठन

इतिहासमै ठुलो वित्तीय अपराध : बिचौलिया भट्टदेखि व्यावसायिक घरानाविरुद्ध एकैपटक चार मुद्दा दायर

ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा पूर्वआयुक्त बिन्द्रा हाडा भट्टराई नियुक्त

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक