काठमाडाैं । सुर्खेतमा इनिशा बिकको बलात्कारपछि हत्या भएको भन्दै दोषीलाई कारबाही गर्न दबाबसहित माइतीघरमा दीप प्रज्वलन तथा खबरदारी कार्यक्रम भएको छ।
‘बलात्कारपछि हत्याका दोषीलाई कडा कारबाही गर’ भन्दै अखिल (क्रान्तिकारी) केन्द्रीय समितिले बिहीबार साँझ दीप प्रज्वलन तथा खबरदारी कार्यक्रम गरेको हो।
गत फागुन २३ गते बिहान घरबाट ट्युसन पढ्न गएकी गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भएकी र हाल वीरेन्द्रनगर–१ मा बस्दै आएकी इनिशालाई सामुदायिक वनमा बेहोस अवस्थामा फेला पारिएको थियो। उनको शरीरभरि निलडाम र रगताम्य अवस्था थियो। अस्पताल पुर्याउँदा उनलाई मृत घोषणा गरिएको थियो।
प्रहरीले बलात्कारपछि हत्या गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ।


