काठमाडौं । काठमाडौं महानगरपालिका-३ बाँसवारी डेरा गरी बस्ने दोलखा चरिकोट घर भएकी ३५ वर्षीय दुर्गा क्षेत्रीको कोठाबाट सुनका गरगहना तथा मोवाइल समेत गरी करिब १० लाख ७५ हजार रूपैयाँ बराबरको धनमाल बुधबार दिउँसो चोरी भएको छ ।
ललितपुर, ललितपुर महानगरपालिका-२८ हरिसिद्धिस्थित टहरो बनाई बस्ने ओखलढुंगा लिखु गाउँपालिका-७ घर भएका ४० वर्षीय नारायण बहादुर खत्रीको टहरोबाट चाँदी करिब ९ तोला, ल्यापटप १ थान लगायतका विभिन्न सरसामान गरी करिब १ लाख ४० हजार रूपैयाँ बराबरको धनमाल बुधबार चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

