मङ्ल, असार २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

तालिबान सरकारको नयाँ आदेशको कडा निन्दा

धारणा न्यूज by धारणा न्यूज
४ महिना अगाडि
Reading Time: 1 min read
0
लिबियाको सहयोगका लागि संयुक्त राष्ट्रसंघको आग्रह
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

जेनेभा । मानव अधिकारका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्त भोल्कर टर्कले अफगानिस्तानमा महिला र बालबालिका विरुद्धको हिंसालाई वैधानिकता दिने तालिबान सरकारको नयाँ आदेशको कडा निन्दा गर्नु भएको छ ।

मानव अधिकार परिषद्को ६१ औं सत्रको अन्तरक्रियात्मक संवादमा बोल्दै टर्कले अफगानिस्तानलाई मानव अधिकारको चिहानको रुपमा वर्णन गर्नु भएको छ । सन् २०२१ तालिवान सत्तामा आएपछि महिलालाई माध्यमिक र उच्च शिक्षा, रोजगारी, र स्वास्थ्य सेवा र सार्वजनिक स्थानमा पहुँचमा प्रतिबन्ध लगाएको छ । जसले उनीहरूलाई सामाजिक र आर्थिक रूपमा सीमान्तकृत बनाएको जनाइएको छ ।

टर्कले गत महिना तालिबान नेताद्वारा हस्ताक्षर गरिएको आदेशको निन्दा गर्दै जसले मृत्युदण्डको अभ्यास विस्तार गरी शारीरिक सजायलाई वैधानिकता दिने उल्लेख गर्दै यसले महिलाको स्वतन्त्रतालाई अझ कमजोर पार्ने बताउनु भएको छ । उहाँले यी उपायले, महिलाको आन्दोलन, शिक्षा र रोजगारीमा प्रतिबन्ध मझबुत बनाउदै प्रणालीगत उत्पीडन र लैङ्गिकताका आधारमा चरम उत्पीडन र रंगभेदको सम्झना दिलाउने कुरामा जोड दिनु भएको छ ।

उच्चायुक्तले तालिबानले सन् २०२५ सेप्टेम्बर देखि संयुक्त राष्ट्रका कर्मचारीलगायतका अफगान महिलालाई संयुक्त राष्ट्र परिसरमा प्रवेश गर्न प्रतिबन्ध लगाएकोमा चिन्ता व्यक्त गर्दै सम्वेदनसिलता अनिवार्य ड्रेस कोड र मिडिया, सार्वजनिक सेवा र मानवीय कार्यमा महिलाले सामना गर्ने असाधारण चुनौतिलाई प्रकाश पार्नु भएको छ । सार्वजनिक मृत्युदण्ड, अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रतिबन्ध र राष्ट्रव्यापी सञ्चार अवरोधले महिला तथा कमजोर वर्गका लागि जोखिम बढाएको उहाँले जनाउनु भएको छ ।

टर्कले तालिबानलाई सबै भेद-भावपूर्ण कानून र आदेश खारेज गरी महिला तथा किशोरिलाई शिक्षा, स्वास्थ्य सेवा, रोजगार र सार्वजनिक स्थानमा निर्बाध पहुँचको सुनिश्चितता सहित राष्ट्रसङ्घ र सहयोगीलाई स्वतन्त्र रूपमा काम गर्न अनुमति दिन आह्वान गर्नु भएको छ । उहाँले मृत्युदण्डमा रोक लगाउन, शारीरिक सजाय अन्त्य गर्न, मनमानी गिरफ्तारी रोक्न र अभिव्यक्ति स्वतन्त्रता र महिला पत्रकारको सञ्चार अधिकारको सम्मान गर्न पनि अधिकारीलाई आग्रह गर्नु भएको छ ।

उहाँले महिलाको निरन्तर बहिष्कार र उत्पीडनले अफगानिस्तानको सामाजिक एकता र भविष्यको विकासलाई कमजोर पार्ने बताउदै सार्वजनिक र नागरिक जीवनमा महिलाको पूर्ण सहभागिता बिना देशको वास्तविक विकास हुन नसस्ने बताउनु भएको छ । उहाँले अन्तर्राष्ट्रिय समुदायलाई तालिबानलाई जवाफदेही बनाउन र अफगानिस्तानसँगको संलग्नतामा मानव अधिकार केन्द्रित रहेको सुनिश्चित गर्न आग्रह गर्नु भएको छ । रासस/एएनआई

यो पनि पढ्नुहोस्

अमेरिकी वायुसेना विमान दुर्घटनाग्रस्त हुँदा आठ जनाको मृत्यु

अमेरिकी वायुसेना विमान दुर्घटनाग्रस्त हुँदा आठ जनाको मृत्यु

२ घण्टा अगाडि
काबुलको सैन्य विमानस्थल विस्फोट, १० जनाको मृत्यु

यमनमा विस्फोट हुँदा १२ जना सैनिकको मृत्यु

५ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

अवैध लागूऔषध गाँजा बरामद

चीन नेपालकाे आधुनिकीकरण यात्रामा साझेदार रहने

साउदीले सामान्य पेसाकाे सीप परीक्षण गर्ने

भू-माफियाले कब्जा गरेकाे सार्वजनिक जग्गा जोगाउन हारगुहार

पासपोर्ट अनियमितता आशंकामा महानिर्देशकमाथि बयान सुरू

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक