काठमाडौं ।मोरङ, सुन्दरहरैँचा नगरपालिका-१२ खोर्साने बस्ने श्याम बहादुर खत्रीको घरमा रहेको किराना पसलमा विद्युत सर्ट भई बुधबार बिहान आगलागी हुँदा करिब १ लाख ९५ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
कपिलवस्तु, वाणगंगा नगरपालिका-४ गजेहडास्थित दाङ घोराही उपमहानगरपालिका-११ बस्ने अब्दुल अजिज सिद्धिकीले संचालन गरेको प्लाष्टिक र मेटलको गोदाममा विद्युत सर्ट भई बुधबार दिउँसो आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


