बुध, साउन ६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

आईटी क्षेत्रमा युवालाई सशक्त बनाउन दक्षिणकाली इनोभेसन सेन्टर स्थापना

धारणा न्यूज by धारणा न्यूज
५ महिना अगाडि
Reading Time: 1 min read
0
आईटी क्षेत्रमा युवालाई सशक्त बनाउन दक्षिणकाली इनोभेसन सेन्टर स्थापना
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । दक्षिणकाली नगरपालिकाले बेलायतमा मुख्यालय रहेको सूचना प्रविधिसम्बन्धी परामर्शदाता कम्पनी जेनेस सलुशनसँगको सहकार्यमा ‘दक्षिणकाली इनोभेसन सेन्टर’ स्थापना गरेको छ । स्थानीय युवाहरुलाई क्लाउड र प्रविधि क्षेत्रमा  प्रशिक्षित गर्दै सशक्त बनाउने उद्देश्यसहित यो पहल अघि बढाइएको हो ।
गत शुक्रबार आयोजित  एक समारोहमा सेन्टरको उद्घाटन गर्दै  दक्षिणकाली नगरपालिकाका  नगरप्रमुख मोहन बस्नेतले अहिलेको युग सूचना र प्रविधिको युग हो भन्दै स्थानीय युवालाई  आईटी सीप प्रदान गरी रोजगार योग्य बनाउन  दक्षिणकाली नवप्रवर्तन केन्द्र स्थापना गरिएको बताए। उनले केन्द्रको स्थापना  तथा युवाहरुलाई तालिम प्रदान गर्न  जेनेस सलुशनले पु-याएको सहयोगको  प्रशंसा पनि गरे  ।  “यस्ता तालिमहरूले हाम्रा युवालाई भविष्यका लागि तयार कार्यशक्ति मात्र बनाउँदैनन्, राष्ट्र निर्माणमा समेत टेवा पुर्‍याउँछन्,” मेयर बस्नेतले भने।
यस पहल अन्तर्गत जेनेस सलुशन  र दक्षिणकाली नवप्रवर्तन केन्द्रले ५० जना स्थानीय युवालाई  क्लाउड र प्रविधि विषयक तालिम प्रदान गर्न लागेका छन् । केन्द्रले उद्योगमैत्री तालिम, इन्टर्नशिप अवसर तथा रोजगारी व्यवस्थापन सहयोगमार्फत युवालाई सम्भावनाबाट पेशागत यात्रातर्फ रूपान्तरण गर्न सघाउने  लक्ष्य राखेको छ ।

कार्यक्रममा उप नगरप्रमुख शिवमाया डंगोल, जेनेस सलुशनका कार्यकारी निर्देशक तथा नेपाल प्रहरीका पूर्व एआईजीपी भीम प्रसाद ढकाल, जेनेस सलुशनका उपाध्यक्ष (प्रि–सेल्स) अमित जोशी तथा तालिम विभाग प्रमुख दीपक राज सिलवालको पनि उपस्थिति रहेको थियो ।

जेनेस सलुशनले यसअघि भोजपुर जिल्लास्थित अरुण गाउँपालिका, काठमाडौँस्थित कागेश्वरी मनोहरा नगरपालिका तथा सुर्खेत जिल्लास्थित वीरेन्द्र नगर एवं भेरीगङ्गा नगरपालिकामा  पनि  यस्तै तालिम, इन्टर्नशिप र रोजगार व्यवस्थापन कार्यक्रम सफलतापूर्वक सञ्चालन गरिसकेको छ । ती कार्यक्रमहरूले स्थानीय युवालाई प्रशिक्षित गरी रोजगारी सिर्जना र डिजिटल सीप विकासमा महत्वपूर्ण योगदान पुर्‍याएका छन् ।

नगरपालिकास्तरमै युवा  जनशक्तिलाई सीपयुक्त बनाइ दिगो करियर इकोसिस्टम निर्माण गर्ने उद्देश्यले यो पहल गरिएको जेनेस सलुशनले जनाएको छ।

यो पनि पढ्नुहोस्

गुर्भाकोटमा यात्रुवाहक फोर्स गाडी दुर्घटना हुँदा १९ जना घाइते

गुर्भाकोटमा यात्रुवाहक फोर्स गाडी दुर्घटना हुँदा १९ जना घाइते

१३ मिनेट अगाडि
विशेषज्ञ स्वास्थ्य सेवा प्रवाह सुदृढ बनाउन सरकार ध्यानाकर्षण

हस्तकलाको प्रवर्द्धन गर्न सरकार सकारात्मक

३६ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सुनको मूल्य बढ्याे

बभनीमा मध्यकालीन मुद्रासहितको करुवा फेला

भू-माफियाले कब्जा गरेकाे सार्वजनिक जग्गा जोगाउन हारगुहार

हस्तकलाको प्रवर्द्धन गर्न सरकार सकारात्मक

पेलेकाे जर्सी करिब ७५ करोड ५६ लाख २९ हजार नेपाली रुपैयाँमा लिलामी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक