मङ्ल, असार ३०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

वाईसिएलले पार्टीको झण्डा जलाएकाे आपत्ति

धारणा न्यूज by धारणा न्यूज
५ महिना अगाडि
Reading Time: 1 min read
0
वाईसिएलले पार्टीको झण्डा जलाएकाे आपत्ति
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीनिकट भातृ संगठन वाईसिएलले पार्टीको झण्डा जलाउने, च्यात्ने, कार्यक्रम विथोल्नेजस्ता अराजनीतिक र उच्छृंखल गतिविधि गरेको भन्दै आपत्ति जनाएको छ ।

वाईसिएलका अध्यक्ष पुष्प ओलीले आज एक विज्ञप्ति जारी गर्दै यस्ता गतिविधिहरुलाई राज्य संयन्त्र, निर्वाचन आयोग, प्रहरी प्रशासनले प्रभावकारी रुपमा नियन्त्रण र कारबाही गरिनुपर्ने माग गरेका छन् । यदि समयमै नियन्त्रण नभए जनस्तरबाट उत्पन्न हुने प्रतिरोध वा प्रतिकारको नैतिक जिम्मेवारी राज्य र यस्ता गतिविधिमा संलग्न पक्षले नै वहन गर्नुपर्ने वाईसिएलको मत छ ।
यस्तो छ विज्ञप्ति
राजनीतिलाई गलत दिशातिर लैजान खोज्ने देशी–विदेशी प्रतिक्रियावादी तत्वहरूले झण्डा जलाउने, च्यात्ने, कार्यक्रम बिथोल्ने जस्ता अराजनीतिक र उच्छृंखल गतिविधि गर्नु लोकतान्त्रिक संस्कारविपरीत कार्य हो। यस्ता हर्कतहरूको हामी घोर विरोध तथा भत्र्सना गर्दछौं।

हामीले लामो संघर्ष र बलिदानबाट स्थापित गरेको गणतन्त्रको मूल सुन्दरता भनेको अभिव्यक्ति स्वतन्त्रता, आफ्ना राजनीतिक गतिविधि निर्वाध रूपमा सञ्चालन गर्ने अधिकार र फरक विचारप्रति पारस्परिक सम्मान हो। लोकतन्त्रमा असहमति स्वाभाविक हुन्छ, तर असहिष्णुता र हिंसात्मक व्यवहार कदापि स्वीकार्य हुन सक्दैन।

विशेषतः फागुन २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा निर्वाचन लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण चरण हो। निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुनु सम्पूर्ण राजनीतिक दल, राज्य संयन्त्र तथा नागरिक समाजको साझा जिम्मेवारी हो। मतदाताको अधिकारको सम्मान गर्दै सबै पक्षले संयम, सहिष्णुता र कानुनी मर्यादाको पालना गर्नु अत्यावश्यक छ।

त्यसैले हामी कानुनी राज्य र विधिको शासनका दृढ पक्षपाती हौं। यस्ता गैरकानुनी गतिविधिहरूलाई राज्य संयन्त्र, निर्वाचन आयोग, प्रहरी र प्रशासनले प्रभावकारी रूपमा नियन्त्रण र कारबाही गर्नुपर्छ। यदि समयमै नियन्त्रण नभए जनस्तरबाट उत्पन्न हुने प्रतिरोध वा प्रतिकारको नैतिक जिम्मेवारी राज्य र यस्ता गतिविधिमा संलग्न पक्षले नै वहन गर्नुपर्नेछ।

लोकतान्त्रिक मूल्य, विधिको शासन, शान्तिपूर्ण प्रतिस्पर्धा र मतदाताको स्वतन्त्र निर्णयको अधिकारको रक्षा गर्नु आजको अपरिहार्य आवश्यकता हो।

यो पनि पढ्नुहोस्

प्रकृतिलाई जोगाउने कि भयावह संकटको भुँवरीमा पर्ने ?

मध्यपूर्बमा फेरि भयानक युद्ध : बिश्वनै गम्भीर संकटको चपेटामा 

१२ घण्टा अगाडि
गणेश नेपालीको मृत्युबारे स्वतन्त्र छानबिन गर्न माग

गणेश नेपालीको मृत्युबारे स्वतन्त्र छानबिन गर्न माग

१३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

बाघको आक्रमणबाट एक महिला घाइते

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

उरुग्वेमा नयाँ प्रशिक्षक डिएगो फोर्लान

गणेश नेपालीको मृत्युबारे स्वतन्त्र छानबिन गर्न माग

नयाँ प्रणालीमार्फत राहदानी वितरण कार्य सुरु

रितेश शर्मामाथिको कुटपिट घटनामा संलग्नता नरहेको सांसद शाहको दाबी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक