मङ्ल, असार २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

पारिवारीक कथामा आधारित चलचित्र ‘श्री बुकुरो’ प्रदर्शनी

धारणा न्यूज by धारणा न्यूज
४ महिना अगाडि
0
पारिवारीक कथामा आधारित चलचित्र ‘श्री बुकुरो’ प्रदर्शनी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । पारिवारीक कथामा तयार भएको चलचित्र ‘श्री बुकुरो’ शुक्रबारदेखि प्रदर्शन गरिएको छ । निर्देशक सुदीप भुपाल सिंहका अनुसार ‘श्री’ शब्दले सुन्दरता, शक्ति, बुद्धि र धनको सन्तुलनलाई जनाउँछ । ‘बुकुरो’ को अर्थ हुन्छ सानो घर । यसमै आधारित रहेर चलचित्र तयार भएको छ । एउटी आमा र उसका तीन भाइ छोरा ।

दुईको विवाह भइसकेको छ भने कान्छोको विवाहको तरखर छ । विवाहकै तयारीमा हुने घटनाक्रमले निम्त्याउने परिस्थितिमा चलचित्र तयार गरिएको छ । पूर्ण पारिवारिक चलचित्रले परिवारको महत्व दर्शाउने निर्देशक सिंहले बताए । उनले भने, “अहिले परिवार एकसाथ हुन् कुनै शुभकार्य वा चाडपर्व नै हुनुपर्छ ।

तर, एउटी आमाको चाहना सबै परिवारसँगै रहेर खुसी र सुखी होस् भन्ने हुन्छ । मैले आमाको भावनालाई समेटेर चलचित्र तयार गरेको छु । यो हेरिरहँदा आफ्नो परिवारलाई पक्कै याद गर्नुहुनेछ ।” उक्त चलचित्रमा आमाको भूमिकामा अभिनेत्री लक्ष्मी गिरी छन् । कलाकारिता गरेको झन्डै पाँच दशकको यात्रामा अभिनेत्री गिरीले यसपटक कथालाई नेतृत्व गर्ने मौका पाएको छ ।

‘श्री बुकुरो’को सबैभन्दा शक्तिशाली पात्र निर्वाह गर्ने अवसर पाएको अभिनेत्री गिरीले बताए । “मलाई तपाइँ नै चलचित्रको हिरो (शिर्ष पात्र) होभन्दा कता कता डर पनि लाग्यो । किनकि मलाई लिएर यस्तो कथा अहिले कसैले सोच्छ भन्ने मैले सोच्न छाडेकी थिएँ, तर यो कथा सुनेपछि आत्म विश्वास बढ्यो ।

चलचित्रले परिवार जोड्ने कथा लिएर आएको छ, त्यसैले यो पारिवारिक चलचित्र हो”, अभिनेत्री गिरीले भनिन् । परिवारको एकतामा हुने शक्ति देखाइएको उक्त चलचित्रमा घरलाई निर्जीव वस्तु नभई भावना र सम्झनाको प्रतिकको रूपमा चित्रण गरिएको उनले जनाइन् । “घरसँग जीवनको स्मरण जोडिएको हुन्छ, त्यसैले त्यो निर्जीव होइन । घरको महत्व र परिवारको एकताको विषयलाई केन्द्रमा राखेर तयार गरिएको कथाले दर्शकको मन छुन्छ”, अभिनेत्री गिरीले भनिन् ।

चलचित्रमा अभिनेत्री गिरीसँगै आशिर्वाद क्षेत्री, निकिता आचार्य, राजन इशान, उत्तम केसी, रोशनी कार्कीलगायतका कलाकारले अभिनय गरेका छन् । आधुनिक युगमा छरिएको परिवारलाई एकीकृत बनाउने आमाको प्रयासमा दर्शक ‘कनेक्ट’ हुने विश्वास अभिनेता आशिर्वाद क्षेत्रीको छ ।

“आमा, छोरा र परिवारको कथाले चलचित्र भवनमा आइपुग्नुभएका दर्शकलाई पर्दाका पात्रसँग जोड्छ भन्ने लागेको छ । यसमा मैले कान्छो छोराको भूमिका निर्वाह गरेको छु, हामी सबै कलाकारको पात्र हाम्रो घर र समाजदेखिने किसिमका छन्”, उनले भने ।

यो पनि पढ्नुहोस्

‘रोल नं १’लाई विद्यालय र विद्यार्थीको साथ

‘रोल नं १’लाई विद्यालय र विद्यार्थीको साथ

१२ घण्टा अगाडि
सर्वात्कृष्ट कन्टेन्ट क्रिएटरहरू पुरस्कृत

सर्वात्कृष्ट कन्टेन्ट क्रिएटरहरू पुरस्कृत

१५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

संस्कृति बन्न सकेन रक्तदान

अजय र विर्जनलाई तत्काल रिहा गर्न राष्ट्रिय जेनजी–नागरिक अभियानको माग

नाइमा नेपाल मोबिलिटी एक्स्पोको स्टल बाँडफाँड कार्यक्रम सम्पन्न

स्नातक प्रवेश तयारी अब अनलाइनमै

स्वीडेनले ट्युनिसियालाई ५-१ गाेलले हरायाे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक