सोम, असार १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

प्रेम दिवस अर्थात ‘भ्यालेन्टाइन डे’

धारणा न्यूज by धारणा न्यूज
४ महिना अगाडि
Reading Time: 1 min read
0
प्रेम दिवस अर्थात ‘भ्यालेन्टाइन डे’
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

-ईश्वरी सिंह

आज १४ फेब्रुअरी, प्रेम दिवस अर्थात भ्यालेन्टाइन डे ! कसरी भयो त यस्को सुरुवात भन्ने विषयमा एउटा रोचक कथा यस्तो छ ।आजको दिनलाई भ्यालेन्टाइन डेको नाममा विश्वभर विशेष पर्वको रुपमा उत्साहका साथ मनाउने गरिन्छ ।

वास्तवमा आजको दिन पादरी सेन्ट भ्यालेन्टाइनको बलिदानीसँग सम्बन्धित रहेको छ । रोमन सम्राट क्लाउडियस द्धितियले युवाहरु प्रेम र विवाहतिर लागे भने सैनिक सेवा प्रभावित हुन्छन् भन्दै प्रतिबन्ध लगाएका थिए । भ्यालेन्टाइन नाम गरेका व्यक्तिले सम्राटको नियमको बिरोध गर्दै युवायुवतिहरुको सामुहिक बिवाह गर्ने कार्य गरेको हुनाले उनलाई आजकै दिन मृत्युदण्डको सजाय दिईएको थियो । त्यसै दिनदेखि आजको दिनलाई प्रेम दिवसको रुपमा मनाउन थालिएको हो ।

फेब्रुअरी महिनाको ७ देखि १४ सम्म मनाउने यस पर्व हरेक दिन विशेष रहेको छ।

तारेख ७-रोज डे, ८-प्रोपोज डे, ९- चकलेट डे , १०-टेडी डे, ११-अंकमाल डे, १- प्रोमिश डे, १३-चुम्बन डे,१४- भ्यालेन्टाइन डे को रुपमा मनाउने चलन छ ।

के हो त प्रेम ?

प्रेम शब्द आफैमा महान शब्द हो ।शब्द अढाई अक्षरको मात्र छ तर हाम्रो जीवन बितेर गए पनि यस्को गहिराई बुझ्न कठिन छ ।

यो अमुल्य शब्द, जस्लाई देख्न,नाप्न र तोक्न सकिदैन । आज विश्वभर प्रेम साटासाट गर्ने दिन हो, तर वास्तवमा भन्ने हो भने प्रेम भाव भएको व्यक्तिकोलागि प्रेम गर्न कुनै दिन र समय आउनु पर्दैन । उ हमेशा प्रेममय भएर नै बाँचेको हुन्छ । वास्तवमा प्रेम त कहाँ,कसरी,कोसँग,कहिले,किन हुन्छ भन्ने कुरोको अत्तोपत्तो नै हुदैन । प्रेमले जातपात,रुपरगँ,उमेर,बिवाहित,अबिवाहित,धन सम्पत्ति केही हेर्दैन ।

प्रकृतिले दिएको सबै भन्दा अमुल्य प्रसाद नै प्रेम हो । जस्ले एक अर्काको राम्रो नराम्रो हरेक पक्षलाई स्विकार गरेको हुन्छ । जस्ले एकअर्काको हरेक परिस्थितिलाई स्विकार गरेको हुन्छ । जीवनमा जस्तोसुकै परिस्थिति आए पनि एउटा बलियो खम्बाको रुपमा सँगै उभिने प्रेम पाउनु भनेको जीवनको सार्थकता नै हो ।

सच्चा प्रेम गर्नेले त एक अर्काको अवस्थालाई बुझेर उस्को इच्छा,चाहना,लक्ष्य विचारको सम्मान गर्दछ । प्रेम गर्ने व्यक्तिलाई पाउन नसकिएला तर उस्को हरेक सुख दुखमा साथ दिनु नै सच्चा प्रेम हो ।

सच्चा र निश्चल प्रेमले टाढा होस् वा नजिक तिमी जहाँ भए पनि खुशि बस भन्छ । जस्तोसुकै परिस्थितिमा प्रेम गर्ने ब्यक्तिले दिएको हौशला,हिम्मत र साथलले मान्छेलाई बलियो बनाउँछ । फुल,चकलेट,पुतली र महंगा उपहारसँग प्रेम हुने होइन आफूले प्रेम गरेको व्यक्तिको साथ र इमान्दारिता नै सबै भन्दा ठूलो उपहार हो ।

प्रेम गरेको व्यक्तिको साथ बलियो भयो भने संसारले साथ छोडे पनि फरक पर्दैन । तर उक्त व्यक्तिले साथ छोड्यो भने संसार भरिको साथ पाए पनि अधुरो र अपुरो नै हुन्छ । संसार नै अन्धकार लाग्न थाल्छ । त्यसैले यदि कोहि व्यक्तिसँग आफ्नो भाव मिल्छ भने त्यो आकर्षण हो वा प्रेम ? त्यसलाई निर्क्यौल गरेर मात्र अगाडि बढ्न सकियो भने जीवन सुखमय हुन जान्छ ।

प्रेममा बिकृति

प्रेमलाई पेशाको रुपमा अपनाउनेहरुले यस शब्दको मर्म र भावलाई छिया छिया पारिदिएका छन् । उहिलको समयमा प्रेम भावको माध्यमबाट हुन्थ्यो भने आजकल प्रेम फेशनको रुपमा गर्न थालिएको छ । रुपवान र धनवान छ भने उसैसँग प्रेम गर्ने होडबाजी चलेको छ ।प्रेम गरिने कुरो होईन,यो त अचानक अन्जान व्यक्तिसँग हुने भावनात्मक सामिप्यता हो । आजकलको प्रेम तन मनदेखि नभई नेम,फेम र सम्पत्तिसँग आफ्नो आवश्यक्ता परिपूर्तिकोलागि मात्र गर्न थालेका छन् ।

आफ्नो शारिरीक प्यास मेटाउनकोलागि एकछिन भेट्न नपाउँदै म तिमिलाई माया गर्छु भन्ने । सामाजिक संजालमा कुरा गर्न पाएको छैन म तिमिलाई मन पराउँछु भन्ने प्रबृति प्रेम हैन बिकृति हो । प्रेम भन्न जति सजिलो छ त्यसलाई व्यवहारमा निर्वाह र्गनु चानचुने कुरा होईन ।

हालको अवस्था हेर्ने हो भने स्वार्थ लुट्ने अनि जीवनको यात्रामा बिचलित पारेर छोडेर हिँड्ने,आकर्षण र यौन सम्बन्ध कायम गर्नकोलागि मात्र प्रेम शब्दको प्रयोग गरेको पाईन्छ ।आफूले प्रेम गरेको व्यक्तिलाई मानसिक,सामाजिक,आर्थिक,शारिरीक लगायत विभिन्न किसिमबाट बलियो साथको आवश्यक्ता हुने गर्दछ । तर यहाँ साथ खोज्दा स्वार्थीको उपनाम खेप्नु पर्ने अवस्था पनि सिर्जना हुने गर्दछ ।

ल अब तपाइँहरु आफै सोच्नुस्  निस्वार्थ प्रेम एउटालाई गर्ने अनि आवश्यकता पर्दा अरुको साथ खोज्नु पर्ने अवस्था आयो भने त्यस्तो प्रेमलाई कस्तो खालको प्रेम भन्ने ? जस्ले पनि चाहन्छ मेरो प्रेमी वा प्रमिका मेरो मात्र भएर रहोस् ।

यस्तो चाहना राख्नेले त व्यवहारिक रुपमा आफ्नो कर्तव्यहरु पनि निर्वाह गर्न सक्नु पर्दछ, होईन र ?

महिला होस् वा पुरुष दुवैले प्रेम शब्दलाई बदनाम गरेर बिकिृति फैलाउँदै आएका पाईन्छन् हालका दिनहरुमा । मन मिले सम्म सबै कुरा मिल्ने अनि सानो कुरामा बिबाद भयो भने एकअर्कालाई तथानाम आरोप लगाउने,बदनाम गर्ने अवस्थाहरु सिर्जना हुन थालेको देखिन्छ ।

घरमा श्रीमान् र श्रीमति हुनेहरुलाई पनि प्रेमले आकर्षण हुन सक्छ । किनकि प्रेम र विवाह फरक कुरा हुन् । विवाह भएको व्यक्तिसँग प्रेम नहुन पनि सक्छ, तर समाज र परिवारको नीति र नियम बिरुद्ध त हिँड्न मिल्दैन नि !

यो पनि पढ्नुहोस्

नेपाल सरकारलाई सहयोग गर्न अपिल

नेपाल सरकारलाई सहयोग गर्न अपिल

७ घण्टा अगाडि
प्रतिनिधि सभामा विनियोजन शीर्षकमाथि आगामी छलफल हुने

प्रतिनिधि सभामा विनियोजन शीर्षकमाथि आगामी छलफल हुने

८ घण्टा अगाडि

यदि बिबाहित व्यक्तिबीच प्रेम भयो भने एकअर्काको जीवनमा खलल पुर्याउने काम कदापि गर्नु हुँदैन । त्यसलाई प्रेम होईन स्वार्थिय सम्बन्ध भनिन्छ । निष्कर्षमा जाउँ-प्रेम स्वतन्त्र छ भने विवाह एउटा बन्धन हो ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

स्कटल्यान्डले हाइटीमाथि १–० को जित निकाल्यो

रास्वपाको बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

आज विश्व रक्तदाता दिवस

कामपाले विद्युतीय भवन अनुमति प्रणालीको उपयोग गर्ने प्रबन्ध मिलाउने

पाल्पामा हालसम्म ८४२ जनामा एचआइभी सङ्क्रमित

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक