काठमाडौं । उदयपुर, त्रियुगा नगरपालिका-१४ दियालीस्थित सडकमा प्र.१-०५-००१ ह ०२५७ नम्बरको अटो अनियन्त्रित भई बुधबार बिहान दुर्घटना हुँदा अटोमा सवार सोही नगरपालिका-१५ रानीबास बस्ने ५२ वर्षीया रत्न माया मगरको घटनास्थलमै मृत्यु भएको छ । अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
महोत्तरी, सम्सी गाउँपालिका-२ पर्सा मस्जिदस्थित सडकमा मधेश प्रदेश ०२-००९ प १६१७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४५ वर्षीया बुनी खातुनको मंगलबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको प्रदेश अस्पताल जलेश्वरमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तनहुँ, ऋषिङ गाउँपालिका-३ दाङश्रीस्थित सडकमा ग.१ त ६२९४ नम्बरको ट्याक्टबाट लडेर सोही गाउँपालिका-४ बस्ने २३ वर्षीय पूर्ण बहादुर थापाको मंगलबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको रत्नहरी अस्पताल दमौलीमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सर्लाही, ईश्वरपुर नगरपालिका-१२ स्थित सडकमा लु.३ च ५४७२ नम्बरको कार अनियन्त्रित भई गए राति दुर्घटना हुँदा कारमा सवार रूपन्देही बुटवल उपमहानगरपालिका-१ बस्ने २७ वर्षीय शुभम जैसवालको बुधबार बिहान मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको शुभस्वस्तिक अस्पतालमा बर्दिबासमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका कार चालक समेत ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
रसुवा, कालिका गाउँपालिका-२ लामाटोलस्थित सडकमा ना.५ ख ६३३२ नम्बरको टिपरले बा.प्र ०२-०५० प ८३१२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार नौकुण्ड गाउँपालिका-१ थाङ्दोर बस्ने २० वर्षीया यो माया निकुरको मंगलबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको त्रिशुली अस्पताल नुवाकोटमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालक र टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


