काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले उपत्यका पृतनाको निरीक्षण गरेका छन् ।
मंगलबार सिग्देलले नारायणहिटीस्थित उपत्यका पृतनाको निरीक्षण भ्रमण गरेका हुन् ।
निरीक्षणका क्रममा उनले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको सुरक्षा एवं समग्र वस्तुस्थितिबारे जानकारी लिएका थिए ।
यससँगै उनले निर्वाचन सुरक्षा विशेष ध्यान दिन निर्देशन समेत दिए । यसअघि प्रधानसेनापति सिग्देलले ७ पृतनाको निरीक्षण गरिसकेका थिए ।
उपत्यका पृतनासहित सेनाका ८ पृतना छन् ।


