बिहि, मंसिर ११, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

अमेरिकामा गैरन्यायिक हत्याविरुद्ध आन्दोलन सुरु

धारणा न्यूज by धारणा न्यूज
१० महिना अगाडि
Reading Time: 1 min read
0
अमेरिकामा गैरन्यायिक हत्याविरुद्ध आन्दोलन सुरु
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

 काठमाडौं । संयुक्त राज्य अमेरिकामा संघीय अध्यागमन एजेन्टहरूको घातक गोलीबारी, बढ्दो दमन र गैरन्यायिक हत्याविरुद्ध सुरु भएको आन्दोलनको क्रममा अमेरिका ठप्प बनाइएको छ ।

‘काम नगर्ने, विद्यालय नजाने र किनमेल नगर्ने’ भन्ने नाराका साथ सुरु भएको यो आन्दोलनले अमेरिकाका प्रमुख सहरहरूको जनजीवन पूर्णत: प्रभावित पारेको छ ।

मिनियापोलिसमा संघीय एजेन्टहरूद्वारा भएका दुईवटा दु:खद हत्याकाण्डपछि विशाल नागरिक आन्दोलनको सुरुवात भएको हो ।

संघीय एजेन्टहरूद्वारा ३७ वर्षीया रेनी निकोल गुड र नर्स एलेक्स प्रेटीको हत्या भएपछि नागरिक समाज आक्रोशित बनेको छ । प्रत्यक्षदर्शी र सार्वजनिक भएका फुटेजहरूमा निशस्त्र नागरिकमाथि एजेन्टहरूले अनावश्यक बल प्रयोग गरेको देखिएको छ । प्रदर्शनकारीहरूले अहिले अध्यागमन एजेन्सीहरू आईसीई  र सीपीबीलाई स्थानीय समुदायबाट स्थायी रूपमा हटाउनुपर्ने र दोषी एजेन्टहरूमाथि कडा कारबाही हुनुपर्ने माग गरिरहेका छन् ।

आन्दोलनको प्रभाव लस एन्जलस, डेन्भर र मिनियापोलिस जस्ता प्रमुख व्यापारिक केन्द्रहरूमा स्पष्ट रूपमा देखिएको छ । व्यापारिक प्रतिष्ठानहरू बन्द छन् भने कर्मचारीहरूले सामूहिक रूपमा काम बहिष्कार गरेका छन् ।

यो नागरिक आन्दोलनलाई हलिउडका चर्चित अभिनेता पेड्रो पास्कल र र्‍यापर म्याकलमोर जस्ता प्रभावशाली हस्तीहरूले पनि ऐक्यबद्धता जनाएपछि यसले थप चर्चा र शक्ति प्राप्त गरेको छ ।

सामाजिक सञ्जालमा यी कलाकारहरूले मृतकप्रति न्याय माग्दै प्रदर्शनकारीहरूको साहसको प्रशंसा गरेका छन् । अमेरिकाका विपक्षी दलहरूले पनि यी घटनालाई आधार मान्दै अध्यागमन बजेटमा व्यापक कडाइ र सुधार गर्न सरकारलाई दबाब दिइरहेका छन् ।

एकातिर नागरिकस्तरबाट ’सटडाउन’ भइरहेको छ भने अर्कोतिर आजै मध्यरातसम्म बजेट पारित नभएमा संघीय सरकार नै बन्द हुने जोखिम बढेको छ ।

(द गार्जियनबाट)

यो पनि पढ्नुहोस्

अस्ट्रेलियामा आगलागीबाट घरहरू नष्ट

अस्ट्रेलियामा आगलागीबाट घरहरू नष्ट

७ घण्टा अगाडि
कायरोमा इन्धन ट्यांकर दुर्घटनाबाट ३१ जनाको मृत्यु

कायरोमा इन्धन ट्यांकर दुर्घटनाबाट ३१ जनाको मृत्यु

१३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

दलित आयोगमा नेवाः देय् दबूकाे ज्ञापन पौ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

दमौली–भरतपुर २२० केभी प्रसारणका लागि रुख कटान

पूर्व मुख्यसचिव पक्राउ

आनी नियुक्तको सूचना दिन आनाकानी

स्वास्थ्य बीमा ऐन संशोधनको प्रक्रिया अघि बढाइयाे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक