मङ्ल, असार २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

प्यालेस्टिनी प्रजनन केन्द्रहरूमा इजरायली बम हमला

धारणा न्यूज by धारणा न्यूज
५ महिना अगाडि
Reading Time: 1 min read
0
प्यालेस्टिनी प्रजनन केन्द्रहरूमा इजरायली बम हमला
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं। मयसेरा अल-कफर्ना नामकी एक प्यालेस्टिनी महिला अहिले पनि ती स-साना नीलो रङका कपडाहरू सुम्सुम्याउँछिन्, जुन उनले आफ्नो जन्मिन बाँकी सन्तानका लागि सजाएर राखेकी थिइन्।

तर इजरायलको भीषण युद्धले उनको मातृत्वको सपनालाई मात्र चकनाचूर पारेको छैन, बरु सम्पूर्ण गाजा क्षेत्रको स्वास्थ्य प्रणाली र भविष्यमा सन्तानको योजना बनाइरहेका प्रजनन केन्द्रहरूलाई समेत तहसनहस बनाइदिएको छ। वर्षौँको प्रयासपछि ‘इन-भिट्रो फर्टिलाइजेसन’ (आईभीएफ) प्रविधि अपनाएकी अल-कफर्नाले युद्ध सुरु हुनुअघि नै आफ्ना चारवटा भ्रूणहरू एक प्रजनन केन्द्रमा सुरक्षित राखेकी थिइन्। इजरायली सेनाले उक्त क्लिनिकमै आक्रमण गरेपछि आफ्ना सुरक्षित भ्रूणहरू नष्ट भएको खबर सुन्दा उनलाई आफ्नै शरीरको अङ्गहरू गुमेको झैँ पीडा महसुस भएको छ। गाजाका चिकित्सा अधिकारीहरूका अनुसार इजरायलले यस क्षेत्रमा रहेका १० मध्ये ९ वटा प्रजनन क्लिनिकहरू पूर्ण रूपमा नष्ट गरिदिएको छ, जसका कारण हजारौँ दम्पतीहरूको भविष्यको आशा निभाइदिएको छ।

अधिकारवादी र संयुक्त राष्ट्र सङ्घका अनुसन्धानकर्ताहरूले इजरायलको यस्तो कदमलाई सन् १९४८ को राष्ट्र सङ्घीय महासन्धिले परिभाषित गरे अनुरूपको ‘नरसंहारकारी नीति’ को संज्ञा दिएका छन्। राष्ट्रसंघको छानबिन आयोगका अनुसार इजरायलले जानाजानी प्रजनन क्लिनिक र प्रसूति वार्डहरूलाई निशाना बनाउनुको मुख्य उद्देश्य प्यालेस्टिनी जनताको जनसङ्ख्या वृद्धि र वंश विस्तारलाई रोक्नु हो। महासन्धिले ‘कुनै पनि समूहभित्र जन्म रोक्ने उद्देश्यले उपायहरू लाद्नु’ लाई नरसंहारका पाँच प्रमुख कार्यहरूमध्ये एक मानेको छ।

सन् २०२४ को सेप्टेम्बरमा सार्वजनिक गरिएको प्रतिवेदनमा इजरायलले यीमध्ये चारवटा कार्यहरू गरेको पाइएको छ। यी कार्यहरूमा अल-बास्मा आईभीएफ क्लिनिकमा बमबारी गरी हजारौँ भ्रूण र प्रजनन सामग्रीहरू नष्ट गर्नु पनि रहेका छन्। इजरायली अधिकारीहरूलाई उक्त केन्द्र एक प्रजनन क्लिनिक हो भन्ने थाहा हुँदाहुँदै पनि आक्रमण गरिएको आयोगको निष्कर्ष छ। यस युद्धले प्रजनन स्वास्थ्यमा पारेको प्रभाव निकै भयावह देखिएको छ। गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार सन् २०२५ को पहिलो ६ महिनामा अघिल्ला वर्षहरूको तुलनामा जन्मदर ४१ प्रतिशतले घटेको छ।

प्रत्यक्ष आक्रमणका साथै औषधि र खाद्यान्नको नाकाबन्दीका कारण गर्भवती महिलाहरू कुपोषणको सिकार भएका छन् भने गर्भपतन, प्रसूति जटिलता र नवजात शिशुहरूको मृत्युदरमा भारी वृद्धि भएको छ। हाल गाजाका करिब ५ लाख ४५ हजार प्रजनन उमेरका महिला र किशोरीहरू आधारभूत स्वास्थ्य सेवाबाट पूर्ण रूपमा वञ्चित छन्। यस्तो संकटपूर्ण अवस्थामा पनि डाक्टर अब्देल नासेर अल-कलहौत जस्ता विशेषज्ञहरूले भविष्यमा परिस्थिति सहज भएमा पुनः काम सुरु गर्ने र मानिसहरूमा आशा जगाउने विश्वास व्यक्त गरेका छन्। यद्यपि, इन्धन र तरल नाइट्रोजनको अभावले गर्दा बाँकी रहेका थोरै भ्रूणहरू पनि अझै जोखिममा छन्। यसले प्यालेस्टिनी जनताको आगामी पुस्तामाथि नै प्रश्नचिह्न खडा गरिदिएको छ। –अलजजिराबाट

यो पनि पढ्नुहोस्

अमेरिकी वायुसेना विमान दुर्घटनाग्रस्त हुँदा आठ जनाको मृत्यु

अमेरिकी वायुसेना विमान दुर्घटनाग्रस्त हुँदा आठ जनाको मृत्यु

७ घण्टा अगाडि
काबुलको सैन्य विमानस्थल विस्फोट, १० जनाको मृत्यु

यमनमा विस्फोट हुँदा १२ जना सैनिकको मृत्यु

५ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

अवैध लागूऔषध गाँजा बरामद

भू-माफियाले कब्जा गरेकाे सार्वजनिक जग्गा जोगाउन हारगुहार

चीन नेपालकाे आधुनिकीकरण यात्रामा साझेदार रहने

साउदीले सामान्य पेसाकाे सीप परीक्षण गर्ने

पासपोर्ट अनियमितता आशंकामा महानिर्देशकमाथि बयान सुरू

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक