शनि, फाल्गुन २, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

अमेरिकी साम्राज्यबादको भेनेजुएलामाथिको नाङ्गो अतिक्रमण बिरुद्ध

धारणा न्यूज by धारणा न्यूज
४ हप्ता अगाडि
0
अमेरिकी साम्राज्यबादको भेनेजुएलामाथिको नाङ्गो अतिक्रमण बिरुद्ध
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाण्डौ । अमेरिकी साम्राज्यबादले गैर कानुनीरूपमा सार्बभौम राष्ट्र भेनेजुएलामाथि नाङ्गो अतिक्रमण गरी त्यहाँका निर्बाचित राष्ट्रपित निकोलस मदुरो र उनकी पत्नी प्रथम महिला लिसिया फ्लोरेसलाइ अपहरण गरेर अमेरिकामा थुनामा राखेको दुष्कार्यको घोर निन्दा र भत्र्सना गर्दै नेपाल कम्युनिष्ट पार्टीले यही पौष ३० गते एक बिरोध सभा कार्यक्रम सम्पन्न गर्याे । मदुरो दम्पत्तिलाइ ससम्मान रिहा गर, अमेरिकी साम्राज्यबाद मूर्दाबाद, बिश्वभरीका उत्पीडित राष्ट्र र जन समुदाय एकजुट होऔं । साम्राज्यबादी आतंक बन्द गर। साम्राज्यबाद बिरोधी सम्पूण राष्ट्रहरू एकजुट होऔं, हामी भेनेजुएली जनताको साथमा छौ भन्ने नाराकासाथ शुरू भएको सभामा ट्रम्प र अमेरिकी झण्डाको पुतला समेत जलाइएको थियो ।
त्यस बिरोध सभालाई सम्बोधन गर्दै नेपाल कम्युिनष्ट पार्टीका संयोजक लोकनारायण सुबेदीले १७७६ देखि २०१९ सम्मको अबधिमा अमेरिकाले बिश्वका बिभिन्न राष्ट्रहरुमाथि ४०० पटक हमला गरिसकेको, २०१९ यतको ७ बर्षमा पनि त्यो आक्रमणकारी क्रम जारी रोखेका छ र अहिले पछिल्लो यो भेनेजुएलामाथी गरिएको बिश्व साम्राज्यबादी अमेरिकाको नाङ्गो अतिक्रमण बिश्वलाइ गम्भीर चूनौति हो । यसका बिरूद्ध संयुक्त राष्ट्र संघले कडा कदम चालेर राष्ट्रपति मदुरो दम्पत्तिको ससम्मान रिहाइ नगराउने र फितलो स्वरमा बिरोध गरेजस्तो गरेर टुलुटुलु हेरेर मात्र बस्ने हो भने साम्राज्यबादको मनमरी र दादागिरी अझ बढ्ने र साना र कमजोर राष्ट्र समुदायका अस्तित्व नै घोर संकटमा पर्ने कुरा दर्शाउनु भयो । उहाँले साम्राज्यबादको यस्तो निन्दनीय हर्कतको बिश्वका शान्तप्रेमी युद्ध बिरोधी जनता, राष्ट्र समुदाय सबै एकजुट भएर लड्नु पर्ने स्थिति सिर्जना भएको औल्याउनु हुँदै नेपालमा एमसीसी र एसपीपी बिरोधी सम्पूर्ण सच्चा कम्युनिष्ट, साम्राब्याबादी दख्खल हस्तक्षेप बिरोधी राष्ट्रप्रेमी क्रान्तिकारी लोकतान्त्रिक तथा देशभक्त शक्तिहरुका साथै दक्षिण–दक्षिण सहयोग, ब्रिक्स तथा एससीओ जस्ता सबै बिश्व संस्था मिलेर एकल धु्रबीय प्रभूत्वका बिरुद्ध बहुध्रबीय बिश्वको पक्षमा खडा हुनु पर्ने कुरा जोडदाररुपमा औंल्याउनु भयो ।
त्यस बिरोध सभामा सामाजिक रूपन्तरण अभियानका तर्फबाट बोल्नु हुँदै डा. शरद वन्तले अमेरिकी साम्राज्यबादको यो नाड्गो नाचका बिरूद्ध संयुक्त राष्ट्र संघले उचित कारबाही गर्न नसकेकोमा चिन्ता ब्यक्त गर्नु हुँदै यसको बिरूद्ध जोडदार आवाज उठाउनु पर्ने आवश्यकता औल्याउनु भयो ।
कार्यक्रममा बोल्नु हुँदै अखिल नेपाल प्रगतिशील बुद्धिजीवी संघका संयोजक महादीप पोखरेलले साम्राज्यबादको यो अतिक्रमणकारी हर्कत अझ बढ्दै गएको र यसका बिरूद्ध बिश्वका जनता दृढताकासाथ नउत्रने हो भने नेपाल लगायत दक्षिणा एशियाली राष्ट्रहरू समेत अस्तित्वको गम्भीर खतरामा पर्ने दिन नजिक आइरहेको यस्तै दुर्दुन भोग्नुपर्ने स्थिति आउनसक्ने यथार्थ औल्याउनु भयो । त्यस बिरोध कार्यक्रममा बोल्नु हुँदै बरिष्ठ अधिबक्ता तथा नेकपाका कानुनी सल्लाहकार डा. डीपी पौडेलले संयुक्त राष्ट्र संघ अमेरिका समेतको सहयोगमा शान्ति स्थापना गर्न र युद्ध रोक्न बनेको हो । तर स्वयं अमेरिका त्यसको बडापत्र, अन्तर्राष्ट्रिय कानुन र राष्ट्रहरुको सार्बभौम सिद्धान्त बिरुद्ध युद्ध थोपर्दै साना तर महत्वपूर्ण श्रोत साधन भएका राष्टहरूलाई हड्प्न लाग्दा सयुक्त राष्ट्र संघ रमिते बनेर बस्नु दुःखद कुरा हो भन्नु भयो ।
िबरोध सभामा अखिल नेपाल प्रगतिशील किसान संधका महासचिव राजन साहले पनि बोल्नु हुँदै साम्राज्यबादको कडा बिरोध जनाउनु भयो र किसान सहीत सम्पूर्ण जनता एक जुट भएर उठ्नु पनेर् बताउनु भयो ।
नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य तथा लुम्बिनी प्रदेशका इञ्चार्ज युवराज नास्तिकले कार्यक्रम सञ्चालन गर्नु हुँदै अमेरिकी साम्राज्यबादको यो नाङ्गा आक्रमणकारी हर्कत बिरुद्ध नेपाल कम्युनिष्ट पार्टीले निरन्तर आवाज उठाउदै आएको बताउनु भएको थियो ।

यो पनि पढ्नुहोस्

५२ आयोजनाको ठेक्का तोड्ने तयारी

यी २० निर्माण कम्पनी कालोसूचीमा

२ घण्टा अगाडि
अहिलेको निर्वाचनमा भोट दिने बिपक्षमा

अहिलेको निर्वाचनमा भोट दिने बिपक्षमा

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रेम दिवस अर्थात ‘भ्यालेन्टाइन डे’

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

कर्णालीका १० जिल्लामा मतपत्र पठाउन थाल्याे

सुमित्राकाे टाेलीले स्वर्ण जितेर इतिहास रच्याे

ठूलो युद्धपोतलाई मध्यपूर्व क्षेत्रमा तैनाथ गर्न आदेश

दुईदेशीय सम्झौताहरूले कानुन सरहको मान्यता पाउन नसक्ने व्याख्या

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक