शनि, जेष्ठ ३०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home वाणिज्य बैंक/वित्त

विप्रेषण र मुद्रा सञ्चिति बृद्वि

धारणा न्यूज by धारणा न्यूज
५ महिना अगाडि
0
वित्तीय सूचकहरु सकारात्मक
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ । केन्द्रीय बैंकका अनुसार चालु आर्थिक वर्ष २०८२ र ८३ को मङ्सिर मसान्तसम्ममा चालु खाता र शोधनान्तर बचतमा देखिएको छ भने विप्रेषण र मुद्रा सञ्चिति पनि उल्लेख्य रुपमा बढेको छ ।

अर्थतन्त्रका बाह्य सूचक सुविधाजनक अवस्थामा रहँदा राजस्व सङ्कलन, बजेट खर्च तथा कर्जा विस्तार भने कमजोर देखिएको छ ।प्रतिवेदनअनुसार वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति एक दशमलव ६३ प्रतिशत रहेको छ ।

त्यस्तै यो अवधिसम्ममा कूल विदेशी विनिमय सञ्चिति रु ३२ खर्ब एक अर्ब ४७ करोड रहेको छ । अमेरिकी डलरमा उक्त सञ्चिति २२ अर्ब १३ करोड पुगेको छ । यस्तो सञ्चितिले १८ दशमलव २ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ ।

समीक्षा अवधिमा चालु खाता रु तीन खर्ब ५८ अर्ब ८३ करोड र शोधनान्तर स्थिति चार खर्ब २१ अर्ब ८९ करोड बचतमा रहेको छ ।पछिल्लो पाँच महिनामा विप्रेषण आप्रवाह नेपाली रुपियाँमा ३५ दशमलव छ प्रतिशतले र अमेरिकी डलरमा २९ प्रतिशतले बढेको छ ।

चालु आर्थिक वर्षको मङ्सिर महिनासम्मको कूल विप्रेषण आप्रवाह आठ खर्ब ७० अर्ब ३१ करोड पुगेको छ भने मङ्सिर महिनामा मात्र  एक खर्ब ८३ अर्ब १८ करोड विप्रेषण भित्रिएको छ ।केन्द्रीय बैंकका अनुसार पछिल्लो पाँच महिनामा निर्यात ५८ दशमलव दुई प्रतिशतले र आयात १५ दशमलव ८ प्रतिशतले बढेको छ ।

यो अवधिमा नेपाल सरकारको खर्च  पाँच खर्ब ६४ अर्ब ४६ करोड र राजस्व परिचालन  चार खर्ब छ अर्ब ३० करोड रहेको छ । विस्तृत मुद्राप्रदाय तीन दशमलव सात प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १२ दशमलव ९ प्रतिशतले बढेको हो ।

प्रतिवेदनअनुसार बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन तीन दशमलव नौ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जा एक दशमलव नौ प्रतिशतले बढेको छ ।वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १३ दशमलव ९ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर छ दशमलव छ प्रतिशत रहेको छ । त्यसैगरी, बैंक तथा वित्तीय संस्थाबीचको भारित औसत अन्तर बैंक दर दुई दशमलव ७४ प्रतिशत र ९१ दिन अवधि भएको ट्रेजरी बिलको भारित औसत ब्याजदर दुई दशमलव ३७ प्रतिशत रहेको छ ।

वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर तीन दशमलव ६६ प्रतिशत र कर्जाको भारित औसत व्याजदर सात दशमलव २६ प्रतिशत रहेको छ ।

यो पनि पढ्नुहोस्

Light rain and snowfall likely at some places of Sudurpaschim and Karnali provinces

स्थानीय वायुको समेत आंशिक प्रभाव

५२ मिनेट अगाडि
सरगरमाथाको कथा सुनाउन नेपालबाटै २४ पर्वतारोहीहरू बेइजिङ आइपुगे

सरगरमाथाको कथा सुनाउन नेपालबाटै २४ पर्वतारोहीहरू बेइजिङ आइपुगे

५४ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सूचना नदिँदा अनुमान गरेर गाडी आयात गर्ने व्यापारीहरु मर्कामा

एन्फाबारे छानबिन गर्न समिति गठन

इतिहासमै ठुलो वित्तीय अपराध : बिचौलिया भट्टदेखि व्यावसायिक घरानाविरुद्ध एकैपटक चार मुद्दा दायर

नेपालभाषाकाे पाठ्यपुस्तक अभावबारे ध्यानाकर्षण

ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा पूर्वआयुक्त बिन्द्रा हाडा भट्टराई नियुक्त

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक