आइत, बैशाख २७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

प्रभू बैंक धराशायी हुने अवस्थातिर उन्मुख, निलम्बित सीईओ शेरचन फुकुवा नहुँदै काममा खटिए !

धारणा न्यूज by धारणा न्यूज
४ महिना अगाडि
Reading Time: 1 min read
0
प्रभु बैंकले ४६ लाख कित्ता संस्थापक सेयर बेच्ने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

 

काठमाण्डौ । प्रभू बैंकका निलम्बित प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेचरन कानूनविपरीत बैंकमा प्रवेश गरी दैनिक कार्यसम्पादन गर्न थालेका छन् ।
उनलाई केही दिनअघि उच्च सरकारी वकिलको आदेशपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो९सीआईबी०ले हिरासतमुक्त गरेको थियो । हिरासतमुक्त गर्दा सरकारी वकिलले उनलाई बाहिरै राखेर अनुसन्धान गर्न मिल्ने दलिल पेश गरेको थियो । अहिलेसम्मको अवस्थामा शेरचनमाथि अनुसन्धान भइरहेको छ । उनी न निर्दोष साबित भइसकेका छन् न त दोषी नै । यसरी अनुसन्धानको प्रक्रिया नसकिँदै र त्यसको मुद्दा नटुङ्गिँदै शेरचन भने आफू निर्दोष भएको शैलीमा गैरकानूनी ढंगले बैंक प्रवेश गरेका हुन् ।

Garima Development Bank Sponsored
प्रभु बैंक घोटालामा अनुसन्धान गरिरहेको सीआईबीले हिरासतमा राख्न माग गरे पनि सरकारी वकिलको कार्यालयले बयान सकिएको र स्वास्थ्य कमजोर रहेको दाबी गर्दै शेरचनसहितका आरोपीलाई हिरासतमुक्त गर्न भनेको थियो । स्वास्थ्य कमजोर रहेको आधारमा छुटेका शेरचन भने निकै हट्टाकट्टा शैलीुमा सुरक्षागार्डसहित बैंक प्रवेश गरी जबरजस्ती सीईओकै शैलीमा काम गर्न थालेका हुन् ।

बैंकिङ कसूर र फौजदारी अभियोग समेत लागी सीआईबीको नियन्त्रणमा पुगेका सीईओ शेरचन छुटेपछि आइतबारदेखि बैंक आउन थालेका छन् ।

उनी सुरक्षागार्डसहित बैंकको बिजुलीबजारस्थित मुख्य कार्यालयमा प्रवेश गरेका थिए । त्यसपछि सोझै उनी छैठौं तलामा रहेको आफ्नो९सीईओ०को कार्यकक्षमा प्रवेश गरी बैंकको दैनिक कार्यसम्पादनमा हस्तक्षेप गर्न थालेका स्रोतको भनाई छ ।

निलम्बनमा रहेको अवस्थामै बैंकमा प्रवेश गरी सीईओको कार्यकक्ष समेत प्रयोग गरेको विषयमा केही कर्मचारी आश्चर्यचकित छन् भने बैंक सञ्चालक समितिका अध्यक्ष किशोरजंग कार्की समेत दैनिकजसो त्यहीँ पुगेर शेरचनलाई सहयोग गरिरहेका आरोप लागेको छ ।

बैंक सम्हाल्न आइदिनुपर्यो भनेर मैले भने उहाँलाई बोलाएको हुँ ।´ कार्कीले आफूहरुलाई भनेको कुरा उद्धृत गर्दै निकट स्रोतले भन्यो-शेरचन बैंक आएको दिन पनि उहाँ नै स्वागत गर्न पुग्नुभएको रहेछ । त्यसपछि केही उच्चपदस्थ कर्मचारीले प्रश्न उठाउँदा उहाँले त्यसको प्रतिवाद गर्दै शेरचन निर्दोष साबित हुने दलिल समेत पेश गर्नुभएको रहेछ ।´

आइतबार समेत प्रभू बैंकको सीईओकै कार्यकक्षमा दिनभरजसो शेरचन र अध्यक्ष कार्की थिए । सो क्रममा उनले बैंकको टिमलाई दैनिक कार्यसम्पादनका महत्वपूर्ण विषयहरुमा निर्देशन दिने काम गरेका थिए । दैनिक कामकाजका लागि पनि खटाइएको थियो ।

दिनभरजसो शेरचनलाई सीईओको रुपमै कमब्याक भएको शैलीमा कर्मचारीहरुले लाइन लागेर भेटे, स्वागत गरे ।´ उच्च स्रोतले भन्यो-`प्रहरी अनुसन्धानमा रहेको व्यक्तिले यसरी पब्लिकको लगानी भएको बैंकमा जबरजस्ती गर्दा समेत नियामक नेपाल राष्ट्रबैंक टुलुटुलु हेरेर बस्यो । कानूनको धज्जी उड्दा समेत नियामक चूप बस्नु अझ रहस्यमय बन्यो ।´
बैंककै एक उच्च अधिकारीले आरोपीको रुपमा अनुसन्धानमा रहेको व्यक्ति बैंकमा सोझै आएर पुरानै कार्यभार सम्हाल्नतिर लाग्नु, कार्यकक्ष कब्जा गरी दैनिक कार्यसम्पादनमा हस्तक्षेप गर्नु आदि गतिविधि प्रहरीको जारी अनुसन्धान प्रक्रिया कमजोर बनाउने रबैया हुनसक्ने दाबी गरे । ुबैंकमा सीईओकै रुपमा आएपछि उहाँमाथि अनुसन्धान भएका कतिपय विषयहरुको फाइल गायब हुनसक्ने भए । बचेखुचेका प्रमाणहरु नष्ट हुने भए ।ु(ती कर्मचारीले भने ।
शेरचन निलम्बनपछि कामू सीईओको जिम्मेवारी पाएका निरज लम्सालले हिजो९आइतबार० उनी अफिस आएका पुष्टि गरे । ुहिरासतबाट छुटेपछि उहाँको हिजो पहिलो दिन हो । आउनुभएको थियो । पुरानै कार्यकक्षमा बस्नुभएको पनि सत्य हो । उहाँ बैंकमा आउनै नपाउने भन्ने कुरा पनि हुँदैन होला । आएपछि उभिइरहने भन्ने पनि हुन्न होला ।ु लम्सालले भने(ुउहाँले हिजो आएर सबै ब्रिफिङ लिनुभयो । के हो, कसो हो, बुझ्ने काम गर्नुभयो ।ु

लम्सालले यो विषयमा आफूलाई भन्दा पनि सञ्चालक समितिका जिम्मेवार अधिकारीहरुलाई थाहा हुने दाबी गरे । ुबोर्डसँग केही अण्डरस्ट्याण्डिङ भएकै होला । त्यही भएर आउनुभएको होला । सबै कुरा मलाई जानकारी छैन । म मेरै कार्यकक्षमै छु ।ु उनले थपे ।

नेपाल राष्ट्रबैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले समग्रमा कुनै संस्थाले कसैलाई केही कारणले निलम्बन गरेको भए त्यो कारबाही विधिवत फुकुवा नहुँदासम्म जबरजस्ती रुपमा पदभार ग्रहण गर्ने, जिम्मेवारी सम्हाल्ने लगायतका काम गर्नु कानूनविपरीत हुने प्रष्ट पारे ।

यो पनि पढ्नुहोस्

लम्पी स्किन रोग नियन्त्रणतर्फ, सङ्क्रमितमध्ये झण्डै १४ लाख पशुचौपाया निको

राष्ट्र बैंकको कुल सम्पत्तिमा उल्लेख्य वृद्धि

२ हप्ता अगाडि
वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम सुरु

वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम सुरु

२ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

रास्वपाको सचिवालय बैठक आज बस्दै

प्रधान न्यायाधीशको नियुक्तिप्रति जनमाेर्चाकाे आपत्ति

कानूनमन्त्रीले पदभार ग्रहणसँगै प्रतिवेदन बुझाइयो

४ हजार ६३१ सवारी दुर्घटना

बजेटबारे ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक