काठमाडाैं । नेपाल टेलिकमले विद्यार्थीहरूका लागि लक्षित गरेर एनटी फाइबर विद्यार्थी अफर उपलब्ध गराइरहेको छ ।
नेपाल टेलिकमले उपलब्ध गराइरहेको फाइबर टु द होम अर्थात् एनटी फाइबर इन्टरनेटअन्तर्गत विद्यार्थीहरूका लागि मात्र लक्षित गरी उपलब्ध गराइएको अफर नै एनटी फाइबर विद्यार्थी अफर हो । एनटी फाइबर अन्तर्गत भ्वाइस, डाटा, एनटीटीभी र मोबाइल डाटा उपलब्ध भइरहेकोमा विद्यार्थीका लागि डाटा मात्र उपलब्ध हुने गरी सो अफर उपलब्ध गराइएको हो ।
सो अफर अन्तर्गत ३० एमबीपीएस स्पिडको इन्टरनेट सेवा एक वर्ष सम्म उपलब्ध छ र यसको मूल्य ४ हजार ९९९ रुपैयाँ मात्र छ । यसबाट प्रतिदिन २५ जीबी डाटा चलाउन सकिन्छ (एफयूपी प्रतिदिन २५ जीबी) भने त्यो भन्दा बढी डाटा खर्च भयो भने यसको स्पिड ५ एमबीपीएस (Throttling Speed after FUP 5 Mbps) हुनेछ ।
यसका लागि जडान शुल्क ५०० रुपैयाँ लाग्छ भने विद्यार्थीले १ थान ड्युअल ब्यान्ड सीपीई (Dual Band CPE) र बढीमा १०० मिटर ड्रप फाइबर नि:शुल्क प्राप्त गर्नेछन् ।
यसरी अफर लिन सकिने ?
एनटी फाइबर विद्यार्थी अफर लिनका लागि विद्यार्थीले आगामी माघ २२ गते भित्रै १९८ मा सम्पर्क गरी डिमान्ड पोर्टलमार्फत वा नजिकको नेपाल टेलिकमको कार्यालयमा उपस्थित भई आवेदन दिन सकिन्छ ।
यी कागजात चाहिने ?
विक्रम संवत् २०५४ साल वा पछि जन्म मिति रहेका विद्यार्थीहरूका लागि मात्र यो अफर लागू हुनेछ । त्यसैले स्पष्ट जन्म मिति खुल्ने प्रमाणको रुपमा जन्म दर्ता वा नागरिकता प्रमाणपत्र अनिवार्य पेस गर्नुपर्नेछ ।
त्यसैगरी आवेदन फारमका साथ विद्यार्थीको परिचय पत्र पनि अनिवार्य पेस गर्नु पर्नेछ । नाबालिगका हकमा अभिभावकको नागरिकता वा लाइसेन्स वा पासपोर्टको प्रतिलिपि पेस गर्नुपर्नेछ ।
यो अफरको समयावधि सकिएपछि पुन: यही प्याकेजमा नवीकरण गर्न मिल्दैन ।
यसकारण सेवा निरन्तरता चाहनेले साबिकका प्याकेजहरू मध्येबाट छनोट गर्नु पर्नेछ र नवीकरण गर्न नचाहेमा उपलब्ध गराइएको सीपीई फिर्ता गर्नुपर्नेछ ।


