मङ्ल, माघ ६, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

यस्ताे छ एनटी फाइबर विद्यार्थी अफर

धारणा न्यूज by धारणा न्यूज
३ हप्ता अगाडि
Reading Time: 1 min read
0
यस्ताे छ एनटी फाइबर विद्यार्थी अफर
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । ​नेपाल टेलिकमले विद्यार्थीहरूका लागि लक्षित गरेर एनटी फाइबर विद्यार्थी अफर उपलब्ध गराइरहेको छ ।

आगामी माघ २२ गतेसम्म आवेदन मिति रहेको र विद्यार्थीहरूका लागि मात्र उपलब्ध हुने अफर हाल धेरै विद्यार्थीहरूका लागि उपयोगी बनेको टेलिकमका प्रवक्ता रवीन्द्र मानन्धरले जानकारी दिए ।
यी सेवा उपलब्ध रहने  एनटी फाइबर विद्यार्थी अफरमा 

नेपाल टेलिकमले उपलब्ध गराइरहेको फाइबर टु द होम अर्थात् एनटी फाइबर इन्टरनेटअन्तर्गत विद्यार्थीहरूका लागि मात्र लक्षित गरी उपलब्ध गराइएको अफर नै एनटी फाइबर विद्यार्थी अफर हो । एनटी फाइबर अन्तर्गत भ्वाइस, डाटा, एनटीटीभी र मोबाइल डाटा उपलब्ध भइरहेकोमा विद्यार्थीका लागि डाटा मात्र उपलब्ध हुने गरी सो अफर उपलब्ध गराइएको हो ।

सो अफर अन्तर्गत ३० एमबीपीएस स्पिडको इन्टरनेट सेवा एक वर्ष सम्म उपलब्ध छ र यसको मूल्य ४ हजार ९९९ रुपैयाँ मात्र छ । यसबाट प्रतिदिन २५ जीबी डाटा चलाउन सकिन्छ (एफयूपी प्रतिदिन २५ जीबी) भने त्यो भन्दा बढी डाटा खर्च भयो भने यसको स्पिड ५ एमबीपीएस (Throttling Speed after FUP 5 Mbps) हुनेछ ।

यसका लागि जडान शुल्क ५०० रुपैयाँ लाग्छ भने विद्यार्थीले १ थान ड्युअल ब्यान्ड सीपीई (Dual Band CPE)  र बढीमा १०० मिटर ड्रप फाइबर नि:शुल्क प्राप्त गर्नेछन् ।

यसरी अफर लिन सकिने ?

एनटी फाइबर विद्यार्थी अफर लिनका लागि विद्यार्थीले आगामी माघ २२ गते भित्रै १९८ मा सम्पर्क गरी डिमान्ड पोर्टलमार्फत वा नजिकको नेपाल टेलिकमको कार्यालयमा उपस्थित भई आवेदन दिन सकिन्छ ।

यी कागजात चाहिने ? 

विक्रम संवत् २०५४ साल वा पछि जन्म मिति रहेका विद्यार्थीहरूका लागि मात्र यो अफर लागू हुनेछ । त्यसैले स्पष्ट जन्म मिति खुल्ने प्रमाणको रुपमा जन्म दर्ता वा नागरिकता प्रमाणपत्र अनिवार्य पेस गर्नुपर्नेछ ।

त्यसैगरी आवेदन फारमका साथ विद्यार्थीको परिचय पत्र पनि अनिवार्य पेस गर्नु पर्नेछ । नाबालिगका हकमा अभिभावकको नागरिकता वा लाइसेन्स वा पासपोर्टको प्रतिलिपि पेस गर्नुपर्नेछ ।

यो अफरको समयावधि  सकिएपछि पुन: यही प्याकेजमा नवीकरण गर्न मिल्दैन ।

यसकारण सेवा निरन्तरता चाहनेले साबिकका प्याकेजहरू मध्येबाट छनोट गर्नु पर्नेछ र नवीकरण गर्न नचाहेमा उपलब्ध गराइएको सीपीई फिर्ता गर्नुपर्नेछ ।​

यो पनि पढ्नुहोस्

आजबाट सर्प वर्ष पूरा भई घोडा वर्ष सुरु

आजबाट सर्प वर्ष पूरा भई घोडा वर्ष सुरु

५ घण्टा अगाडि
दुर्गा प्रसाईंलाई केही दिन थुनामै राखेर अनुसन्धान गरिने

दुर्गा प्रसाईं पक्राउ

६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

आजबाट सर्प वर्ष पूरा भई घोडा वर्ष सुरु

हिउँदयाममा खुम्बू क्षेत्र सुनसान

वीर अस्पतालमा शय्या विस्तार

पूर्वराज्यमन्त्री गोविन्दनाथ उप्रेती ८२ बर्षकाे उमेरमा निधन

४८ जना एसपीको सरुवा

रविविरुद्ध लगाइएका संगठित अपराधको मुद्दा फिर्ता लिने निर्णय

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक