बुध, फाल्गुन २७, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सत्यनारायण साफीले मजदुरी गर्दै पढेर एमबिबिएस पढ्न नाम निकालेपछि

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
Reading Time: 1 min read
0
सत्यनारायण साफीले मजदुरी गर्दै पढेर एमबिबिएस पढ्न नाम निकालेपछि
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

लहान । बरियारपट्टी गाउँपालिका–२, श्रीपुर गाउँको दलित विपन्न समुदायका सत्यनारायण साफीले मजदुरी गर्दै पढेर एमबिबिएस पढ्न नाम निकालेपछि पढाइका लागि आर्थिक सहयोग जुट्न थालेको छ ।

उहाँ एमबिबिएस अध्ययनका लागि  दाङको घोरही मेडिकल क्लेजमा नाम निकाल्न सफल हुनु भएको हो । यो सफलतासँगै उहाँलाई होस्टेल खर्च, शैक्षिक सामग्री, पाठ्यपुस्तक खरिदमा लाग्ने खर्च जुट्न थालेको हो ।

सुरुमा दिनभरी मजदुरी गरेर रातभर पढेर एमबिबिएसमा नाम निकाल्न सफल सत्यनारायण साफीलाई घोराही दाङमा होस्टेलमा लाग्ने खर्च कहाबाट ल्याउने भन्ने चिन्ता थियो ।  यो समस्या सामाजिक सञ्जाल हुँदै मिडियामार्फत् सार्वजनिक भएपछि उहाँलाई आर्थिक सहयोग जुटेको हो ।

बरियारपट्टी गाउँपालिका अध्यक्ष सन्तोषकुमार महतोले गाउँपालिकाको परिषदबाट निर्णय गराएर पाँच वर्ष पढ्न लाग्ने खर्च जुटाउने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले सत्यनारायण साफीको घर पुगेर नै यस्तो विश्वास दिलाउनु भएको हो। यता ग्रिन एन्ड क्लिन फउन्डेसनका सञ्चालिका आशिका तामाङले घर पुगेर नै एक लाख नगद सहयोग गर्नु भएको छ ।

सत्यनारायण साफीका पिता मधुरी साफी वैदेशिक रोजगारीमा गएर कक्षा ११ र १२ विराटनगरमा राखेर पढाउनु भएको थियो । पिता मधुरी साफी वैदेशिक रोजगारीबाट घर फर्केपछि घरायसी समस्या बढ्न थाल्दा निर्माण मजदुरीमा दिनभरी काम गरेर राति पढेको बलमा उहाँ एमबिबिएसमा नाम निकाल्न सफल हुनु भएको हो ।

सत्यनारायण साफी दलित समुदायको मात्रै नभएर समग्र विपन्न समुदायको लागि प्रेरक भएको भन्दै पढाइका लागि थप सहयोग गर्ने बढेका हुन् । छोराको पढाइका लागि सहयोग जुटेपछि परिवार खुसी भएको छ ।

साफी भन्नु हुन्छ, ‘‘मिहिनेत गरेर एमबिबिएसमा नाम निकालेँ । अब सबैको सहयोगले एक दक्ष डाक्टर बनेर देश र समाजको सेवा गर्ने सपना छ ।’

छिमेकी गाउँले लेखक रामरिझन यादव भन्नु हुन्छ,‘‘यो संविधान र आरक्षणको देन हो । सत्यनारायण साफीको लगनशीलता र मिहिनेतले अन्य दलित समुदायलाई पनि नजर खुला गरिदिएको छ । अन्य दलित समुदायलाई सवल र सफल नागरिक बनाउन प्रेरणा मिलेको छ ।’’

गोरखापत्र

यो पनि पढ्नुहोस्

शिक्षा केवल औपचारिक प्रमाणपत्रमा सीमित हुन नहुने : प्रधानमन्त्री कार्की

शिक्षा केवल औपचारिक प्रमाणपत्रमा सीमित हुन नहुने : प्रधानमन्त्री कार्की

३ हप्ता अगाडि
नयाँ सम्बन्ध प्रक्रियालाई बढाउनुपर्छः उपकुलपति प्राडा अर्याल9

पोखरा विश्वविद्यालबाट ६ हजार ६ सय२२ जना दीक्षित हुने

३ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विशिष्टको सेवा सुविधाले सरकारी कोष खाली

यस्ताे छ आजकाे माैसम

आफ्नो अनुहारको कालो धब्बा हटाउन ऐना होइन अनुहार पुछौ- रास्वपालाई गाली नगरौ

वरिष्ठ पत्रकार सुरेश किरणको निधन

धेरै दाँत भेटिएपछि विश्व कीर्तिमानमा दर्ता

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक