काठमाडौं । काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिप फुटबलमा नेपाली टोली एपीएफ एफसीले भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिजसँग गोलरहित बराबरी खेलेको छ ।
बिहीबार साँझ दशरथ रंगशालामा भएको खेलमा एपीएफ र ट्रान्सपोर्ट युनाइटेड दुवैबाट कुनैपनि गोल हुन सकेन ।
बराबरीपछि एपीएफको २ खेलमा ४ अंक भएको छ र दोस्रो स्थानमा छ । यसअघि एपीएफले पहिलो खेलमा बंगलादेशको नसरिन स्पोर्ट्स एकेडेमीलाई ४-० ले हराएको थियो ।
कराची सिटी र ट्रान्सपोर्ट युनाइटेडको समान २ तथा नसरिन स्पोर्ट्स एकेडेमीको १ अंक छ ।
राउन्ड रोबिन लिगको समाप्तिमा शीर्ष २ टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।


