सुनसरी । धरान उपमहानगरपालिका-१९ मिलन चोकस्थित सडकमा को.१ क ७८२ नम्बरको बस र को.१ ह ८७७४ नम्बरको अटो एकआपसमा ठक्कर खाई बुधबार बिहान दुर्घटना हुँदा अटो चालक सोही उपमहानगरपालिका-१९ एकता मार्ग बस्ने २४ वर्षीय निमेष भुजेलको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरानमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अटोमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीले बस चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


