मङ्ल, असार २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

‘अभिमन्यु : च्याप्टर–१’लाई अस्ट्रेलिया र न्युजिल्यान्डमा ५०० शो

धारणा न्यूज by धारणा न्यूज
६ महिना अगाडि
Reading Time: 1 min read
0
‘अभिमन्यु : च्याप्टर–१’लाई अस्ट्रेलिया र न्युजिल्यान्डमा ५०० शो
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ले अस्ट्रेलिया र न्युजिल्यान्डमा ऐतिहासिक शो पाएको छ । डिसेम्बर ११ बाट रिलिज हुन लागेको यो चलचित्रले अस्ट्रेलिया र न्युजिल्यान्डमा पहिलो साता पाँचभन्दा धेरै शो पाएको छ ।

“अभिमन्यु : च्याप्टर–१ ले अस्ट्रेलिया र न्युजिल्यान्डमा पहिलो साता मात्रै पाँच सयभन्दा धेरै शो पाएको छ,” अभिमन्युका सह–निर्माता रमेश चौलागाईंले भने, “दर्शकको चाप उच्च भएका शो अझे थपिनेछ ।”

‘अभिमन्यु : च्याप्टर–१’ले अस्ट्रेलिया र न्युजिल्यान्डमा यही बिहीबारबाट प्रदर्शनमा आउँदै छ । “नेपालमा यो चलचित्रले राम्रो रिभ्यू पाएको छ । जनरा सिनेमामा उत्कृष्ट चलचित्र बनेको समीक्षकहरूबाट समीक्षा आएको छ,” सहनिमार्ता चौलागाईंले भने, “यहाँको समीक्षाको प्रभाव डायस्पोरा मार्केटमा देखिने हाम्रो विश्वास छ ।”

फरेन मार्केटमा नेपाली चलचित्रले यति धेरै शो पाउनु आफैँमा खुसीको कुरा भएको उनले बताएका छन् । यसले समग्र नेपाली चलचित्र उद्योगका लागि नै सकारात्मक पक्ष भएको उनको भनाइ छ ।

सुशान्त गौतमले निर्देशन गरेको ‘अभिमन्यु’ले आज नेपालमा पनि राम्रो दर्शक पाएको छ । गत बिहीबारबाट रिलिज भएको चलचित्रले आज हलले उपलब्ध गराएका शोमा दर्शकको अकुपेन्सी उच्च देखिएको छ ।

अधिकांश समय सस्पेन्स क्रिएट गर्दै ‘अभिमन्यु : च्याप्टर–१’ मधेसमा समस्याकै रुपमा रहेको दाइजो प्रथाको कथा भन्छ । दोस्रोमा पछिल्लो समय नेपाली समाज कसरी इजी मनिका लागि सहजै अनेक तिकडम गरिरहेको छ, यसलाई देखाउँछ । सस्पेन्स क्रिएट गर्दै समाजको यथार्थ कथा भन्न फिल्म मेकरलाई पनि सहज छैन । तर, दर्शकलाई मजाले होल्ड गरेको स्वयं ‘अभिमन्यु’ हेर्ने दर्शकले बताइरहेका छन् ।

‘अभिमन्यु’ हेर्ने दर्शकले यसको सिक्वेलको माग गरेका छन् । त्यसो त मेकरले सुरुमै च्याप्टर–१ भनेकाले यसको सिक्वेल त पक्कै आउँछ नै होला । दर्शकको मागले मेकरलाई सिक्वेल बनाउन उत्साहित बनाएको छ ।

यो चलचित्रको क्रिएटिभ निर्देशकमा मदन थापा छन् । चलचित्रमा मुकेश खनालको लेखन छ ।

‘अभिमन्यु : च्याप्टर १’ का निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता रहेको चलचित्रका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् । सिनेमाको लाइन प्रोड्युसरमा जीवन शाक्य रहेका छन् ।

शरद महतो डिओपी रहेको यस चलचित्रमा मनोज श्रेष्ठको भिएफएक्स, जुनिम गहतराजको रंग संयोजन, मदन घिमिरे सम्पादक रहेका छन् ।

https://www.eventcinemas.com.au/Movie/Abhimanyu-Chapter-1#cinemas=58,56,21,62,7,17,19,22,49,66&date=2025-12-11

https://www.eventcinemas.com.au/Movie/Abhimanyu-Chapter-1-Hindi#cinemas=59,58,56,21,62,7,48,17,22,49,91&date=2025-12-11

https://www.hoyts.com.au/movies/abhimanyu-chapter-1-hindi-eng-sub

https://www.eventcinemas.co.nz/Movie/Abhimanyu-Chapter-1#date=2025-12-11&cinemas=502,513

यो पनि पढ्नुहोस्

‘रोल नं १’लाई विद्यालय र विद्यार्थीको साथ

‘रोल नं १’लाई विद्यालय र विद्यार्थीको साथ

२२ घण्टा अगाडि
सर्वात्कृष्ट कन्टेन्ट क्रिएटरहरू पुरस्कृत

सर्वात्कृष्ट कन्टेन्ट क्रिएटरहरू पुरस्कृत

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नाइमा नेपाल मोबिलिटी एक्स्पोको स्टल बाँडफाँड कार्यक्रम सम्पन्न

चीन नेपालकाे आधुनिकीकरण यात्रामा साझेदार रहने

शिक्षक सरुवामा कडाइ

रास्वपा सुदूरपश्चिमको नयाँ नेतृत्व चयन गर्न मतदान जारी

स्वास्थ्यसम्बन्धी निकायमा आवेदन आह्वान

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक