बुध, असार १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

अनेसासले मनायो  तेश्रो हजुरबा -हजुरआमा दिवस

धारणा न्यूज by धारणा न्यूज
७ महिना अगाडि
Reading Time: 1 min read
0
अनेसासले मनायो  तेश्रो हजुरबा -हजुरआमा दिवस
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले शनिबार (६ डिसेम्बर) भर्चुअल माध्यममार्फत चौथो हजुरबा–हजुरआमा दिवस’ एवं  बाल साहित्य सिर्जना उत्सव र रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ। विश्वभरका स्रष्टा, शिक्षक, बालबालिका र समीक्षकहरुको सहभागिता रहेको उक्त  कार्यक्रममा भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा पुस्तान्तरणका विषयमा गम्भीर छलफल तथा विविध प्रस्तुति गरियो।

कार्यक्रममा विभिन्न देशमा रहेका बालबालिकाले आफ्ना सिर्जना वाचन गरे। म्यूनिक बाटसमीप पंज्ञानीले आमा कविता,बर्माबाट राधा खनाल, युकेबाट समृद्धि पोखरेल, स्पेनबाट कुसल राज पौडेलले कविता वाचन गरे भने पोर्चुगलकी गोमा रेग्मीले बालगीत सुनाइन्।

यसैगरी म्यानमारबाट मोहन राज खनालले  कविता सुनाए  । स्पेनकी सरला सापकोटा र पोर्चुगलकी गोमा रेग्मीले दोस्रो पुस्ताका प्रतिनिधिका रूपमा मन्तव्य दिए  भने  जर्मनीमा बसोबास गर्ने कवयत्री सीमा ढुंगानाले ‘बहिनीको साथ’ शिर्षकमा र  अनेसासकी तारा उप्रेतीले मातृत्व विषयक कविता सुनाए ।  साहित्यकार  रेणु उप्रेतीले  शुभकामना दिइन्   ।

अनेसासका महासचिव राजु सिटौलाले अनेसास अन्तर्गत बाल समिति सक्रिय रूपमा पुस्तक प्रकाशन र भाषा संरक्षण अभियानमा लागिरहेको जानकारी दिए।  “नयाँ पुस्तामा नेपाली भाषा–साहित्यको बीउ रोप्न सके यो सदैव जोगिन्छ। भाषा पाठशाला अत्यन्तै महत्वपूर्ण छ, विश्वभरका शाखाले सहयोग गरिरहेका छन्। संसारभर फैलिएका पाठशालाहरूलाई जोड्न अब आवश्यक छ,” उनले भने।

सान फ्रान्सिस्को निवासी साहित्यकार तथा वरिष्ठ समालोचक मोहन सिटौलाले आफू नेपाली भाषा कक्षा सञ्चालनमा व्यस्त रहेको बताउँदै ‘जीवन बाँसुरी’ कविता वाचन गरे  । दार्जीलिङका गुरुहरूले आफूलाई छन्द सिकाएको अनुभव पनि उनले स्मरण गरे  । पत्रकार भगीरथ योगीले आफ्नो शुभकामना मन्तव्यमा प्रवासमा हुर्की रहेका किशोर किशोरीलाई नेपाली भाषा लेख्न, पढ्न र बोल्न सिकाएर नेपालसंग जोड्न आग्रह गरे  ।

कार्यक्रमका प्रमुख अतिथि  साहित्यकार कृष्ण बजगाईंले बाल साहित्यले विद्यालय तहमा ठूलो प्रभाव पार्ने बताए ।  “एउटा कथा वा कविताले पनि बालबालिकाको मनमा अमिट छाप छोड्न सक्छ। बाल साहित्य नै जग निर्माण गर्ने आधार हो, यसले नैतिक शिक्षा, भाषिक ज्ञान र शब्द निर्माण सिकाउँछ।” उनले डिजिटल युगमा यस्ता सिर्जनात्मक कार्यक्रमले बालबालिकालाई सकारात्मक दिशातर्फ उन्मुख गराउने विश्वास पनि व्यक्त गरे  ।

कार्यक्रममा  अनेसासका केन्द्रीय अध्यक्ष सर्वज्ञ वाग्लेले विश्वका विभिन्न मुलुकमा भाषा आन्दोलनले भोग्नु परेको चुनौतीको स्मरण गरे।   “भाषाका लागि आन्दोलन गर्दा भुटानमा दमन भयो, बर्मामा नेपाली समुदायको जागरुकताका कारण अहिले पनि नेपाली भाषा र संस्कृति जीवितै छ। पाणिनी, व्यास र माता सीताको जन्मभूमिबाट पाएको माया र साथका लागि हामी आभारी छौं।” उनले नेपाली राष्ट्रिय पोशाक दिवस र हजुरबा–हजुरआमा दिवस औपचारिक रूपमा घोषणा गर्न नेपाल सरकारलाई आग्रह पनि गरे  ।

कार्यक्रमका सभापति तथा अनेसास बाल समितिका अध्यक्ष, क्यानाडा निवासी गीतकार–कवि सुरेन उप्रेतीले भाषा, साहित्य र संस्कृति हराएसँगै पहिचान पनि हराउने भन्दै उदाहरणस्वरूप फिजीको प्रसंग उल्लेख गरे  । हामी विश्वमा चिनिने भनेको भाषा, साहित्य र संस्कृतिका कारण हो भन्दै उनले जहाँ बसे पनि आफ्नो पहिचान नबिर्सन आग्रह गरे । कवि उप्रेतीले  अनेसास बाल समितिले  सन् २०२२ देखि  हजुरबा–हजुरआमा दिवस, नेपाली पोशाक दिवस, बाल कविता क्यालेन्डर प्रकाशन लगायत कार्यक्रमहरू सुरु गरी दोस्रो र तेस्रो पुस्तालाई नेपाली भाषा–साहित्यसँग जोड्ने अभियान अघि बढाएको पनि  जनाए  ।

कार्यक्रमको सञ्चालन गरिरहेका जर्मनी निवासी  कवि खड्ग न्यौपानेले  ‘मुनामदन’ शैलीमा कविता वाचन गर्दै कार्यक्रम समापन गरेका थिए  ।

यो पनि पढ्नुहोस्

सरकारले रोकेको सवारीसाधनको दर्ता आंशिक खुला

सरकारले रोकेको सवारीसाधनको दर्ता आंशिक खुला

१५ घण्टा अगाडि
सियोनको स्वर, योगेन्द्र शब्द संगीतमा ‘कहीँ नभाको जात्रा’ सार्वजनिक 

सियोनको स्वर, योगेन्द्र शब्द संगीतमा ‘कहीँ नभाको जात्रा’ सार्वजनिक 

१७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

बुद्धका आँखाहरू: बौद्ध स्तूपको जीवन्तता

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नर्वे विश्वकपको नकाउट चरणमा प्रवेश

प्रथम उपमेयर कप खो खो प्रतियोगिता

चारवटा अध्यादेश अलपत्र

फ्रान्स विश्वकपको अन्तिम ३२ मा प्रवेश

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक