आइत, पुस ६, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

नेपाली कथाकारबाट अभूतपूर्व सहभागिता

धारणा न्यूज by धारणा न्यूज
२ हप्ता अगाडि
Reading Time: 1 min read
0
नेपाली कथाकारबाट अभूतपूर्व सहभागिता
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । ‘डिशहोम बाह्रखरी कथा प्रतियोगिता–२०८२’ को सातौँ संस्करणमा देशविदेशका नेपाली कथाकारबाट अभूतपूर्व सहभागिता प्राप्त भएको छ।

बाह्रखरी मिडियाका अनुसार असोज ३१ गतेदेखि सुरू भएको कथा आह्वानमा कात्तिक ३० गते मध्यरातसम्म एक हजार १६८ कथा प्राप्त भएकोमा भारतका दिल्ली, असम, दार्जिलिङदेखि चीन, जापान, दक्षिण कोरिया, अमेरिका, कतार, क्यानडा, स्पेनलगायत दर्जनौँ देशमा बसोबास गर्ने नेपाली युवादेखि स्थापित लेखकसम्मले प्रतियोगितामा कथा पठाएका छन्।

प्राप्त कथाहरूको प्रारम्भिक छनोटका लागि गोविन्द अधिकारीसहित चार सदस्यीय टोलीले ‘उत्कृष्ट ५९’ कथा छानेको छ।

छनोटमा साहित्यकार लक्ष्मण सिटौलासमेत परेका छन्। उनी गीतिसंग्रह ‘धर्तीको ध्वनि’ मार्फत् चर्चामा आएका सर्जक हुन्।

उनको ‘धर्तीको ध्वनि’लाई पाँच सय अमेरिकी डलर राशिको ‘अनेसास लक्ष्मण सत्याल सर्वोत्कृष्ट गीत पुरस्कार’ प्रदान गरिएको छ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले २०२५ का लागि विभिन्न विधामा प्रदान गरिने अनेसास साहित्य पुरस्कारमध्ये ‘अनेसास लक्ष्मण सत्याल सर्वोत्कृष्ट गीत पुरस्कार’ सिटौलाको ‘धर्तीको ध्वनि’लाई प्रदान गर्ने घोषणा गरेको हो।

सिटौलासहित चेतनाथ आचार्य, देवेन्द्र चिनार, इलैया पाठक, उमेश श्रेष्ठ, शेखर दहित, ज्वाला ढकाल, अनिता खरेल, रितेश गुरुङ, विष्णुप्रसाद सुवेदी, राजकुमार श्रेष्ठ, सिता पाण्डे, भागवत खनाल, केशव भट्टराई, भोगेन्द्र लिङ्देन लगायतका लेखकका कथा समावेश छन्।

त्यसैगरी हरिबोल काफ्ले, वसन्तबायुङ राई, प्रतीक्षा कट्टेल, जमुना भट्टराई, अप्सना चौलागाईं, ललित विष्ट, तुल्सी गिरी, मन्दिरा मधुश्री, अमित घिमिरे र समीक्षा थापासहित अन्य धेरै लेखक प्रतियोगिताको दोस्रो चरणमा पुगेका छन्।

यस्तै जे.एन. दाहाल, टीकाराम पोखरेल, उमा शर्मा, दामोदर ढुङ्गेल, अमरकुमार प्रधान, अमृता पाठक चौलागाईं, सान्वीन्द्र ‘मणि’, अर्जुन नेपाल, डा. हिमलाल श्रेष्ठ र दीपेश राईका कथा पनि उत्कृष्ट ५९ भित्र परेका छन्।

अब यी कथामध्येबाट ‘उत्कृष्ट २५’ छनोट गर्ने जिम्मा साहित्यकार अशेष मल्लको संयोजकत्वमा गठन गरिएको मूल निर्णायक समितिलाई दिइएको छ। यस वर्ष समान अंक प्राप्त कथाहरूको संख्या धेरै भएकाले सामान्यतया ५० कथा मात्र छान्ने परम्परा तोडेर ५९ कथा समावेश गरिएको आन्तरिक समितिले स्पष्ट पारेको छ।

यो संस्करणबाट प्रतियोगिताको पुरस्कार राशिमा वृद्धि गरिएको आयोजकले जनाएको छ।

पहिलो हुनेले २ लाख रुपैयाँ, ट्रफी र प्रमाणपत्र पाउनेछन्। दोस्रो र तेस्रो हुनेले क्रमशः १ लाख र ६० हजार रुपैयाँसहित ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्नेछन्। ‘उत्कृष्ट २५’ भित्र पर्ने अन्य २२ लेखकले ७ हजार रुपैयाँ र प्रमाणपत्र पाउनेछन्।

 

यो पनि पढ्नुहोस्

पूर्व प्रधानमन्त्री वरिष्ठ साहित्यकार लोकेन्द्र बहादुर चन्दलाई सामूहिक अभिनन्दन

पूर्व प्रधानमन्त्री वरिष्ठ साहित्यकार लोकेन्द्र बहादुर चन्दलाई सामूहिक अभिनन्दन

२ हप्ता अगाडि
सुकुन्दा साहित्य प्रकाशन हुने

सुकुन्दा साहित्य प्रकाशन हुने

२ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

आज एपीएफले इस्ट बंगलासँग फाइनल खेल्दै

एमालेमा सक्षम नेतृत्व चयन भएको दाबी

आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

‘कुरा खाडीको, चिन्ता नेपालको’ विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

महामन्त्री थापा निर्वाचनमा ६ स्थानबाट उम्मेदवार सिफारिस

घट्याे सुनको भाउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक