काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका पिता रामनारायण शाहको नयाँ बानेश्वरको सिभिल अस्पतालमा निधन भएको हो । आइतबार बिहान बेहोसी अवस्थामानै अस्पताल पुर्याइएको खबर प्राप्त भएकाे छ।
स्रोतका अनुसार, उनलाई आइतबार बिहान अवस्था गम्भीर भएपछि बेहोसी अवस्थामा नै परिवारका सदस्यले अस्पताल लगेका थिए । एक चिकित्सकले दिएको जानकारी अनुसार, उनी एक हप्तादेखि नै बिरामी थिए ।
उनलाई मधुमेह र पिसाब संक्रमणले बिरामी थिए । पिसाब संक्रमण उनको शरीरभरि फैलिएको ती चिकित्सकले जानकारी गराए । ‘एक हप्तादेखि बिरामी हुनुहुन्थ्यो । मधुमेह र पिसाबको संक्रमण थियो । बेहोसीमै अस्पताल आउनुभएको थियो,’ ती चिकित्सकले अनलाइनखबरसँग भने ।
शाहलाई भेट्न सोमबार बिहान प्रधानमन्त्री सुशीला कार्की पनि पुगेकी थिइन् । प्रधानमन्त्री कार्कीले शाहसहित भेन्टिलेटरमा भएका अन्य बिरामीसँग पनि भेट गरेको स्रोतले जानकारी दिएको छ ।


