मङ्ल, असार २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

एड्स महामारी अन्त्य गर्नेमा एकजुट हुन आह्वान

धारणा न्यूज by धारणा न्यूज
७ महिना अगाडि
0
एड्स महामारी अन्त्य गर्नेमा एकजुट हुन आह्वान
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा.सुधा गौतमले एड्स महामारीलाई अन्त्य गर्ने कार्यमा सबैलाई एकजुट हुन आह्वान गर्नुभएको छ ।

मन्त्री डा.गौतमले ३८ औँ विश्व एड्स दिवसको अवसरमा भिडियो सन्देश जारी गर्दै एड्स महामारीलाई अन्त्य गर्ने कार्यमा सबैलाई एकजुट हुन आह्वान गर्नुभएको हो ।

सरकारले सन् २०३० सम्ममा एचआइभी महामारी अन्त्य गर्न लक्ष्य लिएको छ । साथै मन्त्री डा.गौतमले एचआइभी रोकथाम, उपचार र हेरचाहमा संलग्न सबैलाई धन्यवाद व्यक्त गर्नुभएको छ ।

मन्त्री डा.गौतमले यो वर्ष विशेषगरी जेनजी आन्दोलनले दिएको उर्जा र सन्देशले एचआइभी ÷एड्स प्रतिकार्यमा अत्यन्त महत्वपूर्ण भूमिका रहने जिकिर गर्नुभयो ।

उहाँ भन्नुहुन्छ,“हाल विश्वव्यापी वितीय सङ्कट छ, भेदभाव छ यसका कारण एचआइभी प्रतिकार्यमा चुनौती कायमै रहेकोले सबै मिलेर परिवर्तनकारी दृष्टिकोणबाट अगाडि बढ्नु आवश्यक छ । जसले गर्दा रोकथाम, उपचार र हेरचाहमा सबैको पहुँच सुनिश्चित हुनेछ ।”

उहाँले एन्टीरेट्रो भाइरल औषधी नियमित सेवन गरेर सामान्य जीवन बिताइरहनुभएका एचआइभी सङ्क्रमित सबैमा स्वस्थ जीवनयापनको शुभकामना पनि व्यक्त गर्दै उहाँले भविष्यमा यस महामारीका कारण कसैको पनि अकालमा मृत्यु नहोस् भन्ने चाहना व्यक्त गर्नुभएको छ ।

नेपालले विगत दुई दशकमा एचआइभी नियन्त्रणमा उल्लेखनीय प्रगति हासिल गरेको छ। सन् २०१० को तुलनामा २०२४ सम्म आइपुग्दा नयाँ सङ्क्रमण दर ७६ प्रतिशत र एड्सका कारण मृत्युदर ७६ प्रतिशतले घटेको छ ।  मन्त्ती डा.गौतमले यी उपलब्धिलाई निरन्तरता दिँदै दिगो विकास लक्ष्य प्राप्त गर्न सक्रियतापूर्वक अघि बढ्न आवश्यक रहेको बताउनुभयो ।

एचआइभीको विश्वव्यापी मान्यता अनुसार नेपालले लिएको ९५–९५–९५ को लक्ष्य हासिल गर्न सामूहिक प्रतिबद्धता आवश्यक छ ।

मन्त्री गौतम भन्नुहुन्छ, “९५ प्रतिशतले आफ्नो एचआइभीको अवस्थाबारे जानकारी पाउने, ती मध्ये ९५ प्रतिशतले एआरभी उपचार प्राप्त गर्ने र उपचारमा रहेका व्यक्‍तिमध्ये ९५ प्रतिशतको शरीरमा भाइरसको मात्रा न्यून गराउने रहेको छ । यस कदमले एड्स अन्त्यको दिशामा ठोस प्रगति सम्भव बनाउँछ भन्ने विश्वास छ ।”

हालसम्म नेपालले पहिलो ९५ मध्ये ९० प्रतिशत, दोस्रो ९५ प्रतिशत मध्ये ८८ प्रतिशत र तेस्रो ९५ मध्ये ७६ प्रतिशत लक्ष्य हासिल गरिसकेको छ ।  यस वर्षको विश्व एड्स दिवसको नारा ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ’ भन्ने तय भएको छ ।

यो पनि पढ्नुहोस्

अन्तर्राष्ट्रिय रक्तदान दिवसकाे अवसरमा शुभकामना आदान-प्रदान सम्पन्न

अन्तर्राष्ट्रिय रक्तदान दिवसकाे अवसरमा शुभकामना आदान-प्रदान सम्पन्न

११ घण्टा अगाडि
संस्कृति बन्न सकेन रक्तदान

संस्कृति बन्न सकेन रक्तदान

१७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

संस्कृति बन्न सकेन रक्तदान

अजय र विर्जनलाई तत्काल रिहा गर्न राष्ट्रिय जेनजी–नागरिक अभियानको माग

नाइमा नेपाल मोबिलिटी एक्स्पोको स्टल बाँडफाँड कार्यक्रम सम्पन्न

स्नातक प्रवेश तयारी अब अनलाइनमै

स्वीडेनले ट्युनिसियालाई ५-१ गाेलले हरायाे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक