शनि, अशोज २४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

ईमरानका छोराले मागे पिताको अवस्था जानकारी

इमरान खान जिउँदो रहेको प्रमाण दिन माग

धारणा न्यूज by धारणा न्यूज
१० महिना अगाडि
0
ईमरानका छोराले मागे पिताको अवस्था जानकारी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । पाकिस्तानी जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानका छोराले सरकारसँग पाकिस्तान तहरीक–ए–इन्साफ पार्टीका संस्थापक इमरान खान जिउँदो रहेको प्रमाण दिन माग गरेका छन् ।

इमरान खानका छोरा कासिम खानले शुक्रबार साँझ एक सामाजिक सञ्जाल पोस्टमार्फत भने, “हामी इमरान खान जिउँदो रहेको प्रमाण माग गरिरहेका छौं ।”

सञ्चार माध्यमहरूमा ७३ वर्षीय पूर्व क्रिकेटरबाट नेता बनेका इमरान खानको जेलभित्र हत्या गरिएको हुनसक्ने आशंका गरिएको अड्कलबाजी फैलिएको छ ।

इमरान खान एक महिनादेखि उनका परिवारका सदस्य, वकिल र पार्टीका कसैलाई पनि भेट गर्न दिइएको छैन ।

उनी धेरै मुद्दामा दुई वर्षभन्दा बढी समयदेखि रावलपिन्डीको जेलमा बन्दी छन् ।

इमरान खानका तीन दिदीबहिनी, पाकिस्तान तहरीक–ए–इन्साफका कार्यकर्ता र खैबर पख्तुनख्वाका मुख्यमन्त्री सोहेल अफ्रिदी पछिल्ला केही दिनदेखि अदियाला जेल बाहिर धर्ना बसेका छन्  ।

प्रधानमन्त्री शहबाज शरीफ सरकारमाथि परिवारलाई भेट गराउन दबाब दिइरहेका छन् ।

कासिम खानले भने, “मेरा बुवा ८४५ दिनदेखि गिरफ्तारमा छन्। पछिल्ला ६ हप्तादेखि उनलाई एक्लै एउटा ‘डेथ सेल’ मा राखिएको छ । न त कसैलाई उहाँलाई भेट्न दिइएको छ, न कुनै फोन कल, न कुनै सन्देश पठाउन दिइएको छ। उनका दिदीबहिनीलाई हरेकपटक भेट्नबाट रोकिन्छ, जबकि अदालतले स्पष्ट रूपमा भेट्ने अनुमति दिएको छ । कुनै फोन कल छैन, कुनै भेटघाट भएको छैन र जीवनको कुनै प्रमाण प्राप्त भएको छैन । मेरो र मेरो भाइको बुवासँग कुनै सम्पर्क भएको छैन ।”

उनले थप भनेका छन्, “यो पूर्ण रूपमा ब्ल्याकआउट हो । कुनै सुरक्षा प्रोटोकल छैन । यो मेरा बुबाको वास्तविक अवस्था लुकाउने र हाम्रो परिवारलाई जानकारी नदिन खोजिएको नियतपूर्ण प्रयास हो । हामीलाई थाहा छैन उनी सुरक्षित छन् वा छैनन् । पाकिस्तानी सरकार र उनका ह्यान्डलरहरू मेरा बुवाको सुरक्षा तथा यस अमानवीय एकान्तवासका हरेक परिणामका लागि कानुनी, नैतिक तथा अन्तर्राष्ट्रिय रूपमा पूर्ण रूपमा जिम्मेवार हुनुपर्नेछ ।”

यो पनि पढ्नुहोस्

नोबेल शान्ति पुरस्कार दक्षिण अफ्रिकी नाभी पिल्लेलाई प्रदान

नोबेल शान्ति पुरस्कार दक्षिण अफ्रिकी नाभी पिल्लेलाई प्रदान

१ दिन अगाडि
पाकिस्तानलाई करिब एक अर्ब २० करोड अमेरिकी डलर सहयोग

पाकिस्तानलाई करिब एक अर्ब २० करोड अमेरिकी डलर सहयोग

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

यी स्थानमा लाेडसेडिंग हुने

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

२०औं एसियाली खेलकुदमा पदक जित्ने खेलाडीलाई पुरस्कार पाउने

सीजेपीले हिरासतमा लिएको दाबी

जलवायु परिवर्तनका कारण नेपालले भोगेको संकटको क्षतिपूर्ति धनी राष्ट्रहरुले भर्नुपर्छः युवाहरु

कांग्रेसकाे सभापतिमा गगन थापा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक