आइत, माघ ४, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सबैसमावेशी सामाजिक सुरक्षा प्रणाली निर्माण गर्न सरकार प्रतिबद्ध

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
0
प्रमकाे अभिव्यक्तिलाई लिएर तीव्र आलोचना
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले दिगो, सक्षम र सबैसमावेशी सामाजिक सुरक्षा प्रणाली निर्माण गर्न सरकार प्रतिबद्ध रहेको जनाएकी छन्।

आठौँ सामाजिक सुरक्षा दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले सामाजिक सुरक्षा व्यवस्था सामाजिक न्यायको आधार भएको उल्लेख गरिन्। कार्कीले पूर्ण सामाजिक सुरक्षाबिना समतामूलक समाज निर्माण असम्भव हुने स्पष्ट गरिन्।

उनले योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीले अन्तरपुस्ता लागत सन्तुलन र सामाजिक ऐक्यबद्धताको भावना मजबुत बनाउने बताइन्। यस्तो प्रणालीले ‘हुनेले नहुनेलाई, धनीले गरिबलाई र निरोगीले रोगीलाई’ सहयोग गर्ने आधार तयार गरेर उत्पादनमूलक समाज निर्माणमा टेवा पुर्‍याउने उनले बताइन् । प्रधानमन्त्री कार्कीले २०७४ मा बनेको योगदानमा आधारित सामाजिक सुरक्षा ऐनलाई त्रिपक्षीय (सरकार–रोजगारदाता–श्रमिक) संयोजनको महत्वपूर्ण आधारका रूपमा प्रस्तुत गर्दै यसको प्रभावकारी कार्यान्वयनले नागरिकलाई स्वदेशमै काम गर्ने वातावरण बनाउने बताइन्। सामाजिक सुरक्षा प्रणालीलाई दिगो बनाउने उद्देश्यले सरकारमध्ये सम्बन्धित मन्त्रीहरूसँग छलफल भइरहेको जानकारी उनले दिइन् ।

औपचारिक क्षेत्रको अनिवार्य आबद्धता, अनौपचारिक क्षेत्रका श्रमिकका लागि सरकारी सह–योगदान, करार कर्मचारीको प्रभावकारी सहभागिता, तथा कोषको रकमलाई न्यायोचित प्रतिफलका साथ आन्तरिक पुँजीका रूपमा परिचालन गर्ने विषयमा स्पष्ट दिशा तय गरिने प्रतिबद्धता पनि उनले जनाइन्। प्रधानमन्त्रीले निजी क्षेत्रलाई पनि श्रमिकको सामाजिक सुरक्षालाई ‘बोझ होइन, शान’का रूपमा लिन आग्रह गरिन्। दिनप्रतिदिन बढ्दै गएको कोषलाई राष्ट्रनिर्माणमा कसरी प्रभावकारी रूपमा प्रयोग गर्न सकिन्छ भन्ने विषयमा निजी क्षेत्र र नीतिनिर्माताले तत्काल गृहकार्य गर्नुपर्ने आवश्यकता उनले औंल्याइन्। प्रधानमन्त्री कार्कीले सामाजिक सुरक्षा कोषमा श्रमिक र रोजगारदाताले जम्मा गरेको रकम सार्थक नतिजा दिने क्षेत्रमा लगानी हुनुपर्ने बताउँदै सामाजिक सुरक्षा प्रणालीले समृद्ध नेपाल निर्माणको यात्रामा आन्तरिक पुँजी निर्माणको महत्वपूर्ण आधार बन्ने अपेक्षा व्यक्त गरिन्।

यो पनि पढ्नुहोस्

ट्रम्पको विरुद्धमा उत्रिए ग्रिनल्यान्डका नागरिक

ट्रम्पको विरुद्धमा उत्रिए ग्रिनल्यान्डका नागरिक

५ घण्टा अगाडि
आजपा र पहिला देश अभियानबीच पार्टी एकीकरण

आजपा र पहिला देश अभियानबीच पार्टी एकीकरण

६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कुमारी नाटक ‘अग्निचक्षु’ माघ ११ गतेदेखि पुनः मञ्चन हुने

सेयर बजारमा सबै सूचक बढ्याे

मधेशी एकता समाजद्वारा स्वागत–सम्मान तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

बालेनले मेयर पदबाट राजिनामा दिए

कांग्रेसको आधिकारिकताको विरोध प्रदर्शन

खोला मापदण्डविरुद्ध  प्रदर्शन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक