बुध, चैत्र ४, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

देशलाइ खरानी बनाएर अमेरिका भागे भिक्टर

धारणा न्यूज by धारणा न्यूज
४ महिना अगाडि
Reading Time: 1 min read
0
देशलाइ खरानी बनाएर अमेरिका भागे भिक्टर
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
काठमाडौं । नेपालमा सामाजिक सञ्जालमार्फत ठूलो जनमत निर्माण गर्न सफल ‘Routine of Nepal Banda’ (RoNB) का सञ्चालक भिक्टर पौडेल करिब दुई महिनादेखि अमेरिकामा बस्दै आएका छन्। सेप्टेम्बर ८ को घटनापछि नेपाल सरकार, एमाले नेता महेश बस्नेत, दुर्गा प्रसाईं लगायत आम जनताबाट समेत उनी निशानामा परेकाले उनी सुरक्षित महसुस नगरेर अमेरिकामा बसिरहेको स्रोतले बताएको छ। यसक्रममा उनीमाथि लागेका गम्भीर आरोपहरू र अमेरिकामा ग्रीन कार्ड लिने प्रक्रियाको खोजीले नयाँ तहको राष्ट्रिय बहस सिर्जना गरेको छ।
शंकास्पद बसाइँसराइ र अध्यागमनको ‘शून्य रेकर्ड’
दुई महिनाअघि भिक्टर पौडेल दुबईबाट सामाजिक सञ्जालमा लाइभ आएर आफू दुबईमा रहेको बताएका थिए। नेपाल र वेस्ट इन्डिजबीचको युनिटी कप क्रिकेट प्रतियोगिताको प्रत्यक्ष प्रसारण अधिकार लिएर उनी सोही कामले दुबई गएका थिए। तर, अध्यागमन विभागका कर्मचारी नीलकण्ठ काफ्लेका अनुसार भिक्टर पौडेलको अन्तिम आप्रवासन रेकर्ड दुबईको मात्रै छ र त्यसपछिको कुनै रेकर्ड नभएकाले उनी सोझै अमेरिका गएको देखिएको छ।उनीमाथि ‘अमेरिकी एजेन्ट’ को समेत आरोप लाग्दै आएको छ।
अमेरिकी भिसा र ‘बर्थराइट सिटिजनशिप’को गोप्य योजना
भिक्टर पौडेलले सन् २०२४ मा अमेरिकी दूतावासबाट बहु-प्रवेश भिसा (multiple entry visa) लिएका थिए। यो भिसा लिनका लागि उनले दूतावाससँग आफ्नो ‘राम्रो कनेक्शन’ को फाइदा उठाएको र त्यसैमार्फत आफ्नी पत्नी रियाशा दाहालको समेत भिसा व्यवस्था गरेको आरोप छ। उनीहरूको छोरा ‘भिरास’ को जन्म अमेरिकामा नै भएको हो।अमेरिकामा जन्मिएको बच्चा स्वतः अमेरिकी नागरिक हुने प्रावधानको फाइदा उठाउँदै ‘भिरास’ले अमेरिकी पासपोर्ट पनि प्राप्त गरिसकेका छन्।
गत वर्ष यो खबर बाहिर आएपछि भिक्टर र रियाशा दुवै आत्तिएको र आफ्नो कर्तुत लुकाउन सामाजिक सञ्जालमा नेपालकै फोटोहरू हालेर ‘मास म्यानुपुलेसन’ गर्न खोजेका थिए। भिक्टर पौडेललाई ‘मास म्यानुपुलेसन’ गर्न माहिर व्यक्तिको रूपमा चिनिने गरिन्छ।
ग्रीन कार्ड र शरणार्थी भिसा (Asylum) को तयारी
‘GenZ आन्दोलन’ का लुकेका कमान्डरको रूपमा समेत चिनिएका भिक्टर पौडेल सुरक्षा खतरा देखाउँदै अहिले अमेरिकामा नै बसिरहेका छन्। स्रोतका अनुसार उनी उतै ग्रीन कार्ड फाइल गर्ने प्रक्रियामा लागेका छन्। ज्यानको खतरा देखाएर अमेरिकाको शरणार्थी भिसा (Asylum) मार्फत ग्रीन कार्ड लिने योजनामा छन ।
शरणार्थी भिसाबाट ग्रीन कार्ड प्रक्रियाका लागि करिब $100,000 (एक लाख डलर , करीब १ करोड़ नेपाली ) आवश्यक पर्ने, जसमा वकिल खर्च र अदालतको धरौटी रकम समावेश छ।
ग्रीन कार्ड प्रक्रियाका लागि आवश्यक ठूलो रकम (लगभग $100,000) जुटाउन भिक्टर पौडेलले जुक्ति लगाएको खुलासा भएको छ। अहिले चर्चामा रहेको क्यान (CAN) ले नेपाल प्रिमियर लिग (NPL) मा सट्टेबाजी (betting) र सरोगेट एप्सको विज्ञापन राखेको अवैध खबर यसैसँग जोडिएको छ।नेपाल र वेस्ट इन्डिजको युनिटी कप मा भिक्टर पौडेलको कम्पनीले प्रत्यक्ष प्रसारण अधिकार लिएको थियो।सट्टेबाजी र सरोगेट एप्सबाट आएको अवैध पैसा सोझै अमेरिकामा प्रयोग गर्ने र सोही पैसाले आफ्नो सम्पूर्ण कानूनी प्रक्रिया पूरा गर्ने योजना उनको रहेको छ। बाहिर जति नै नैतिकताको गफ दिए पनि भित्रभित्रै उनी सधैँ यस्तै अनैतिक कार्य मा संलग्न हुन्छन।
GenZ आन्दोलन र ‘मास म्यानुपुलेसन’
भिक्टर पौडेलको GenZ आन्दोलन मा ठूलो हात रहेको र उनले आफ्नो पेज ‘Routine of Nepal Banda’ को प्रयोग गरी धेरै युवाहरूलाई हेरफेर (manipulate) गरेको आरोप छ, आन्दोलनमा कसैलाई पनि नेता बन्न नदिएको र आफूमाथि जोखिम हुने भन्दै आफैँ पनि नेतृत्व नलिएको देखिएको छ। तर, सरकार गठनदेखि सबै कुरामा आफ्नै हात रहेको भन्दै नेपाली जनताले उनलाई चिन्नु जरुरी रहेको यस घटनाले देखाएको छ।
दोहोरो नागरिकताको अवैध प्रयास र वडा कार्यालयको संलग्नता
भिक्टर पौडेलका छोरा ‘भीरास’ सँग अमेरिकी पासपोर्ट रहेको खुलेको छ। तर, उनले तारकेश्वर वडा नं. ५ बाट जन्म दर्ता पनि लिएका छन्।यो कदम दोहोरो नागरिकता लिने प्रयास हो, जुन नेपालको कानूनअनुसार गैरकानूनी हो।छोरा अमेरिकामा जन्मिएको जानकारी हुँदाहुँदै पनि वडा कार्यालयले कसरी जन्म दर्ता दियो भन्ने प्रश्न उठेको छ। ‘सरकार उनकै हातमा भएकाले उनले जे गरे पनि हुने’ अवस्था सिर्जना गरेको यस घटनाले पुष्टि गरेको छ।

भिक्टर पौडेलको यो सम्पूर्ण ‘रूटीन’ ले उनलाई सामाजिक सञ्जालमा स्थापित एक ‘नायक’ भन्दा पनि व्यक्तिगत स्वार्थका लागि राष्ट्रिय नियम कानुन मिच्ने र अवैध धन्दामा संलग्न हुने एक ‘विवादास्पद खेलाडी’ का रूपमा चित्रित गरेको छ।

भिक्टर पौडेलको अर्को आर्थिक अपचलनको बारेमा प्रमाण  सहित BIG BREAKING छिटै आउने छ, प्रतिक्ष्या गर्नुहोस्, प्रमाण संकलन अन्तिम चरणमा पुगेको छ |

यो पनि पढ्नुहोस्

सुन र सहकारी प्रकरणः सौदावाजीको घिनलाग्दो राजनीतिको निन्दा

ललिता दास तत्मालाई समाजसेवा पुरस्कार

१२ मिनेट अगाडि
चैत ५ गतेदेखि आठौं अन्तर्राष्ट्रिय जुडो प्रतियोगिता हुने

चैत ५ गतेदेखि आठौं अन्तर्राष्ट्रिय जुडो प्रतियोगिता हुने

१२ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

रास्वपाकाे अभिमुखिकरणमा प्रतिनिधिसभा सदस्यहरू आउने क्रमजारी

समानुपातिक  उम्मेदवारले चैत ५ गते प्रमाणपत्र पाउने

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

भक्तिरसमा आधारित जय बाघ भैरव म्यूजिक भिडियाे सार्वजनिक

रविकाे सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा

राजनीतिक नियुक्तिप्रति आलोचना

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक