काठमाडौं । नेपाल खेलकुद महासंघ, राष्ट्रिय जुडो संघको आयोजनामा आठौं अन्तर्राष्ट्रिय जुडो प्रतियोगिता चैत ५ गतेदेखि काठमाडौंमा सुरु हुने भएको छ।
राष्ट्रिय जुडो संघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यही चैत ५ देखि ९ गतेसम्म काठमाडौंको नयाँ बजारस्थित बहुउद्देश्यीय मार्सल आर्टस केन्द्रमा आठौं अन्तर्राष्ट्रिय जुडो प्रतियोगिता आयोजना गरिएको जनाएको हो।
अध्यक्ष श्रेष्ठका अनुसार सहभागी खेलाडी र अफिसियलको ५ लाख रुपैयाँ बराबरको बिमा गरिएको छ। उनीहरूको खाना, बसोबास र यातायातको व्यवस्था पनि आयोजकले गर्ने छ। प्रतियोगिता सञ्चालन गर्न करिब ३१ लाख रुपैयाँ खर्च हुने जनाइएको छ।


