बुध, पुस ३०, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

विश्व कराते च्याम्पियनसिप खेल्ने खेलाडीलाई एनआरएनएको सहयोग 

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
Reading Time: 1 min read
0
विश्व कराते च्याम्पियनसिप खेल्ने खेलाडीलाई एनआरएनएको सहयोग 
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएले सिनियर विश्व कराते च्याम्पियनसिप २७ औँ संस्करणमा सहभागी हुने नेपाली टोलीलाई ट्रयाकसुट प्रदान गरेको छ ।
एनआरएनए स्पोर्टस एकेडेमीले ललितपुरको कोरियन बार्बिक्यूमा एक कार्यक्रमको आयोजना गरी नेपाली टिमलाई ट्रयाकसुट प्रदान गरेको हो ।
नोभेम्बर २७ देखि ३० तारिखसम्म हुने प्रतियोगितामा २ महिला खेलाडीले सहभागिता जनाउँदै छन् । एरिका गुरुङ ६८ केजीमाथि तथा सानुमाया थिङले एकल कातामा प्रतिस्पर्धा गर्ने कराते महासंघले जनाएको छ ।
अफिसियलमा नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा, महासचिव दावा गुरुङ र कृष्णप्रसाद गौतम, टिम व्यवस्थापकमा रवि महर्जन तथा प्रशिक्षकमा कुशल श्रेष्ठ र मन्डेकाजी श्रेष्ठ रहेका छन् । तारा गुरुङ र खेलाडी सन्तोष श्रेष्ठ पनि टोलीसँगै इजिप्ट जाने छन् ।
टोलीलाई शुभकामना दिँदै एनआरएनएका उपाध्यक्ष एवं खेलकुद विभागका प्रमुख मनोज कुमार श्रेष्ठ ‘गोर्खाली’ले नेपाली खेलाडीहरूलाई सहयोग गर्न संस्था सदैव तयार रहेको बताए ।
आगामी दिनमा करातेलाई मात्रै नभई अन्य खेलका खेलाडीहरूलाई पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । अहिले मिसन २०२६ र २०२८ को ओलम्पिक गेमका लागि विदेशमा हुने प्रशिक्षणमा एनआरएनए सहकार्य गर्न तयार रहेको पनि बताए ।
यसैगरी सरकारले फागुनमा दसौँ राष्ट्रिय खेलकुदको मिति तोकेकोमा स्वागत गर्दै उक्त प्रतियोगितामा एनआरएनएको टिमले पनि प्रतिस्पर्धा गर्ने र त्यसका लागि तयारी सुरु गरिसकेको जानकारी दिए ।
उनले भने ‘हामी विभागीय टिमको हिसाबले आठौँ राष्ट्रिय देखि जोडिएका छौँ, त्यति बेला १६ र नवौँ राष्ट्रिय गेममा २४ पदक जितेका थियौँ, अब दसौँमा पनि राम्रो तयारीका साथ सहभागिता जनाउँछौँ ।’
यसैगरी, बागमती प्रदेशका पूर्व युवा तथा खेलकुद मन्त्री एवं प्रदेश सभा सदस्य मीनकृष्ण महर्जनले कराते खेलको विकासका लागि आफू सधैँ क्रियाशील रहने बताए । उनले खेलाडीहरूमा अनुशासन पहिलो सर्त रहेको पनि बताए । उनले केही खेलाडीले पदक जित्दा जस लिने मात्रै काम गर्नु राम्रो नहुने उल्लेख गरे ।
यसैगरी, राष्ट्रिय खेलकुद विकास परिषद् बागमतीका सदस्यसचिव दीपक लामाले शुभकामना दिँदै अहिले विभिन्न योजनाका साथ काम भइरहेको जानकारी दिए ।
उनले आफू प्रचारमुखी भन्दा पनि नतिजामुखी कामका विश्वास राख्ने भन्दै स्थानीय तहका केही विद्यालयमा पाइलट प्रोजेक्टको रूपमा पाठ्यक्रम तयार पारेर सुरु गर्न लागिएको जानकारी दिए ।
कार्यक्रममा खेलाडी एरिका गुरुङले विश्व च्याम्पियनसिप खेल्न पाउनु नै आफूहरूको ठूलो सफलता भएको बताइन् । उनले खेलको नतिजाका आधारमा मात्रै मूल्याङ्कन नगर्न आग्रह गर्दै भनिन् ‘खेलाडी मैदानमा उत्रिएपछि कि जित्छ, कि सिक्छ ।’
कार्यक्रममा गैरआवासीय नेपाली संघका सिइओ रविकिरण अधिकारीले स्वागत गर्दै नेपालको शिर उँचो बनाउने काम खेलाडीबाट भएको उल्लेख गरे । उनले खेलाडीहरूको सफलतामा एनआरएनए पनि सधैँ सहयोग गर्न तयार रहेको बताए ।

यो पनि पढ्नुहोस्

राष्ट्रिय लिग फुटबल सुरु हुँदै

राष्ट्रिय लिग फुटबल सुरु हुँदै

११ घण्टा अगाडि
नेपाली महिला टिम ४ विकेटले अमेरिकालाई  हरायाे

नेपाली महिला टिम ४ विकेटले अमेरिकालाई हरायाे

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि

नेपाल मगर संघले माघे सकराती पर्व मनाउने

सर्वोच्चमा प्रत्यक्षतर्फको मनोनयन पत्र रोक्न माग गर्दै रिट पेस

प्रचण्ड र नेपालले ज्येष्ठ सदस्य नन्दकुमार प्रसाईंसँग लिए शपथ

निर्वाचन तालिका सार्वजनिक गरेर मनोनयन आह्वान

कांग्रेसभित्रको किचलो मिलाउन विशेष महाधिवेशन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक