आइत, मंसिर १४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

ष्ट्रिय ऊर्जाशील पार्टीले दल दर्ताको प्रमाणपत्र पायाे

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
ष्ट्रिय ऊर्जाशील पार्टीले दल दर्ताको प्रमाणपत्र पायाे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

विराटनगर । मोरङ क्षेत्रनम्बर ५ का निवर्तमान स्वतन्त्र सांसद योगेन्द्र मण्डलले नेतृत्व गरेको राष्ट्रिय ऊर्जाशील पार्टीले दल दर्ताको प्रमाणपत्र पाएको छ ।

निर्वाचन आयोगबाट शुक्रबार दल दर्ताको प्रमाणपत्र पाएको हो । दल दर्ताको प्रकृया पुरा भएपछि निर्वाचन आयोगका सचिव महादेव पन्तले पार्टीका अध्यक्ष मण्डललाई दल दर्ताको प्रमाणपत्र हस्तान्त्रण गरे ।

पार्टीको चुनाव चिन्ह ‘चापाकल’ राखिएको छ । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा मण्डल स्वतन्त्र उम्मेदवारका रूपमा सोही चुनाव चिन्हबाट मोरङ क्षेत्र नम्बर ५ बाट विजयी भएका थिए । नवगठित पार्टीको केन्द्रीय समिति २७ सदस्यीय छ । पार्टी अध्यक्षमा मण्डल छन् । पार्टी प्रवक्ताको जिम्मेवारी सुनिल दाहालले पाएका छन् । अन्य पदाधिकारीको टुङ्गो लग्न बाँकी छ । सामाजिक क्षेत्रमा सक्रिय मण्डलले २०७९ सालको निर्वाचनमा तत्कालीन सरकारपक्षीय दलहरू नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायतको गठबन्धन र नेकपा एमाले र जसपा नेपासहितको गठबन्धन दलका उम्मेदवारलाई पराजित गर्दै चुनाव जितेका थिए । मतदाताले मण्डललाई रोज्नुको पछाडि २८ वर्षदेखि जनताकाबीचमा रहेर उनले गरिरहेको कामको ठूलो योगदान थियो । उनले २०५४ सालमा मोरङको अमाहीवरियाती गाउँबाट जीवन विकास समाज नामको संस्था सुरु गरेका थिए । सो संस्थाले शिक्षा, स्वास्थ्य, लघुवित्त, कृषि र वातावरणलगायत क्षेत्रमा काम गरिरहेको छ । स्वतन्त्र सांसदका रूपमा करिब तीन वर्ष बिताएका मण्डलले पार्टी खोल्नुअघि आफ्ना मतदातासँग सल्लाह मागेका थिए । ९० प्रतिशत मतदाताले पार्टी खोल्न सुझाव दिएका थिए ।

अन्य क्षेत्रबाट पनि प्रस्ताव आएका कारण दल दर्ता गरेको उनको भनाइ छ । दल दर्तापछि मण्डलले पार्टीले नेपाली माटो सुहाउँदो नेपालवादको सिद्धान्त विकास गर्ने बताए । ‘हामी कसैको पनि सिद्धान्तलाई जस्ताको तस्तै मान्दैनौं, किनभने ती सिद्धान्त बनेका बेलाको समय, परिस्थिति, स्रोत–साधन अहिले फरक छ । माओवादीले माओको सिद्धान्त लिइरहेको छ, एमालेले मार्क्सवादी लेनिनवादी सिद्धान्त । तर, ती सबै फेल भइसके । बीपीको कृषिमा आधारित सिद्धान्त पनि अहिलेको युगमा पर्याप्त छैन’, उनले भने, ‘बीपीबाट कृषिलाई छोड्नु हुँदैन भन्ने सिक्छौं, तर कृषि मात्रै आधार बनाउँदैनौं । हामी संसारका उत्कृष्ट अभ्यास र उत्कृष्ट सिद्धान्तलाई रिफरेन्स लिन्छौं र नेपालीको क्षमतामा आधारित ‘नेपालवाद’को सिद्धान्त विकास गर्छौं ।’

यो पनि पढ्नुहोस्

शिक्षक महासंघकाे ७ बुँदे माग पूरा नभए निर्णायक आन्दोलन गर्ने चेतावनी

शिक्षक महासंघकाे ७ बुँदे माग पूरा नभए निर्णायक आन्दोलन गर्ने चेतावनी

७ घण्टा अगाडि
सेनाले आश्रमका जेष्ठ नागरिकलाई भोजन

भाेलि भूतपूर्व सैनिक सम्मेलन

७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

दलित आयोगमा नेवाः देय् दबूकाे ज्ञापन पौ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

जापानमा विशेष च्यारिटी सांगीतिक कार्यक्रम आयोजना हुने

मिथेन ग्यास खानीको उत्खनन कार्यलाई उच्च प्राथमिकतामा राखेर अघि बढाउने

कम्युनिष्ट शक्तिलाई एकताको झण्डामुनि ल्याउने प्रयास जारी

साउदी अरब उडान स्थगित गर्ने क्रम जारी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक