काठमाडौं । शिक्षक महासंघले ७ बुँदे माग पूरा नभए निर्णायक आन्दोलन गर्ने चेतावनी दिएको छ ।
महासंघले आइतबार विज्ञप्ति निकालेर सरकार शिक्षक–कर्मचारीको मागमा संवेदनशील नभएको जनाएको छ ।
‘वर्तमान सरकारले पनि शिक्षक–कर्मचारीका पिर मर्कामा कुनै संवेदनशीलता देखाएको पाइँदैन,’ विज्ञप्तिमा भनिएको छ, ‘यही परिस्थिति निरन्तर रहेमा नेपाल शिक्षक महासङ्घ कडा र निर्णायक आन्दोलनमा जान बाध्य हुने कुरासमेत जानकारी गराउँदै निम्न विषयमा वर्तमान सरकार एवं शिक्षा तथा खेलकुद मन्त्रालयको ध्यानाकर्षण गराउँछौं ।’
यस्ता छन् माग :




