शुक्र, माघ ९, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home ब्यानर

अर्थतन्त्र चौपट, धितो बिक्री नहुँदा संकटमा बैंकहरु !

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
0
मानव तस्करीसँग लत्पतिएको राजनीतिक नेतृत्व !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

-सबि भट्टराई,
लामो समयदेखि संकटग्रस्त नेपालको अर्थतन्त्र पछिल्ला केही महिनायता झन् समस्यामा परेको छ । पूर्ववर्ती सरकारका पालामा बैंक तथा वित्तीय संस्था, लघुवित्त, सहकारी, धितोपत्र बोर्ड, नेपाल स्टक एक्स्चेन्ज (नेप्से) जस्ता अर्थतन्त्रका घटकहरुमा समस्या देखिएको थियो । तर, ती समस्या समाधानमा भने अघिल्ला सरकारहरुले चासो देखाएका थिएनन् । त्यसको असर हालसम्म कायम भएको हो ।
बैंकहरुको चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो त्रैमासिक विवरणले औसत निष्क्रिय कर्जा ४.०४ प्रतिशतबाट बढेर ४.८९ प्रतिशत पुगेको देखाएको छ । अर्थात् कुल कर्जाको झन्डै ५ प्रतिशत रकम असुल गर्न नसकिने अवस्थामा पुगेको छ । यो केवल संख्या मात्र नभएर बैंकको ब्यालेन्ससिटमा बढ्दो जोखिमको चित्र हो । निष्क्रिय कर्जाले नाफा घटाउँछ तर त्यसभन्दा बढी कर्जा प्रवाहको क्षमतामा ठूलो असर पु¥याउँछ ।
गत आर्थिक वर्ष २०८१÷८२ को तुलनामा बैंकहरुको खुद नाफा १८.४७ प्रतिशत घटेको छ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन र त्यसपछिको हिंसाको असर पनि बैंकहरुमा देखिएको हो । आन्दोलन हिंसात्मक बनेपछि निजी क्षेत्रमाथि प्रहार हुँदा उनीहरुको मनोबल खस्किएको र त्यसको असर बैंकहरुको वित्तीय विवरणमा देखिएको हो । चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरणले बैंकहरु समस्यामा पर्न थालिसकेको र यसप्रति सरोकारवाला सबै क्षेत्र चनाखो हुनुपर्ने देखिएको छ । पहिलो त्रैमाससम्म वाणिज्य बैंकहरुले कुल १३ अर्ब १४ करोड ९८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । गत आर्थिक वर्षको सोही अवधिमा बैंकहरुले १६ अर्ब १२ करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाएका थिए ।
बैंकहरुको सम्भावित कर्जा नोक्सानी व्यवस्था गत वर्षको पहिलो त्रैमासको तुलनामा करिब दोब्बरले बढेको छ । यसले गर्दा अधिकांश बैंकको नाफामा गिरावट आएको हो । पहिलो त्रैमासमा नै बैंकहरुले सम्भावित कर्जा नोक्सानीका लागि २० अर्ब १४ करोड रुपैयाँ छुट्याएका छन् । जब कि गत आर्थिक वर्षको यही अवधिमा १० अर्ब ४४ करोड ८ लाख रुपैयाँमात्रै सम्भावित कर्जा नोक्सानीको लागि छुट्याएका थिए ।
गत असारमा ४३ अर्ब १४ करोड रुपैयाँबराबर रहेको बैंकहरुको गैरबैंकिङ सम्पत्ति असोजमा ४३ अर्ब ६१ करोड पुगेको छ । यो १.०९ प्रतिशतको वृद्धि देखिएको छ । बैंकले धितो बिक्री गर्न नसकेर त्यसलाई आफ्नै नाममा बुक गर्नुपरेको हो । नेपालमा प्रायः धितो घरजग्गा हुने भएकाले र पछिल्ला वर्षयता रियलइस्टेट कारोबार सुस्त भएपछि यस्ता सम्पत्तिको बिक्री असम्भवजस्तै बनेको छ । जसले गर्दा गैरबैंकिङ सम्पत्ति बढ्दै गएको छ ।
ठूला परियोजना र ठूला ऋणीहरु समस्यामा पर्दा बैंकहरु संकटमा फसेका छन् । ठूला ऋणका असुली प्रक्रिया ढिला हुँदा वा अड्किँदा बैंकहरुले त्यसलाई ‘गैरबैंकिङ सम्पत्ति’का रुपमा देखाउन बाध्य भएका हुन् । स्ट्यान्डर्ड चार्टर्ड बैंकबाहेक सबै वाणिज्य बैंकले चालु आर्थिक वर्षको असोजसम्म गैरबैंकिङ सम्पत्ति बुक गरेका छन् । राष्ट्रिय वाणिज्य बैंकको ३१ करोड ९९ लाख, नेपाल बैंकको २६ करोड र ग्लोबल आइएमईको ६ अर्ब ६ करोड रुपैयाँ बराबरको सम्पत्ति फसेको छ । यसैगरी एभरेष्ट, माछापुच्छ्रे, सिद्धार्थ, नेपाल एसबीआईलगायतका बैंकहरुमा पनि गैरबैंकिङ सम्पत्तिको थुप्रो देखिएको छ ।
जानकारहरुका अनुसार यति धेरै मात्रामा गैरबैंकिङ सम्पत्ति बढ्नु चेतावनीको संकेत हो । बैंकहरुले कोरोना महामारीपछिको लचक नीतिको दुरुपयोग गर्दा त्यसको परिमाण अर्थतन्त्र सुस्ताउँदा भोग्नुपरेको उनीहरु बताउँछन् । भूमिसम्बन्धी ऐनले बैंकहरुले लिलामीमा पारेको सम्पत्ति ३ वर्षभित्र बेच्नुपर्ने व्यवस्था गरेको छ । तर, व्यवहारमा यो सम्भव भएको छैन । जसले गर्दा बैंकरहरु दबाबमा छन् । खरिदकर्ता नपाइनु, कानुनी प्रक्रिया लामो हुनु र सम्पत्ति मूल्य घट्ने जोखिमका कारण बैंकहरु त्यस्ता सम्पत्तिलाई वर्षौंसम्म बोकेर हिँड्न बाध्य छन् ।
त्यसैले अहिले बैंकहरुले सम्पत्ति व्यवस्थापन कम्पनी खोल्न पहल गरिरहेका छन् । राष्ट्र बैंकले यसको कानुनी मस्यौदा तयार गरिरहेको छ तर विषय लामो समयदेखि टुंगोमा पुगेको छैन । यदि यस्तो कम्पनी शीघ्र गठन गर्न सकियो भने बैंकहरुले आफ्नो गैरबैंकिङ सम्पत्ति स्वतन्त्र रुपमा व्यवस्थापन गर्न सक्नेछन् । जसले प्रणालीगत जोखिम घटाउने अपेक्षा गरिएको छ ।
हाल अर्थमन्त्रीका रुपमा लामो समय अर्थमन्त्रालयमा काम गरिसकेका पूर्व अर्थसचिव तथा अर्थविज्ञ रामेश्वर खनाल छन् । उनको विज्ञतालाई हेरेर नै अन्तरिम सरकारमा अर्थमन्त्रीको जिम्मेवारी दिइएको हो । त्यसकारण संकटग्रस्त अर्थतन्त्रलाई उकास्ने जिम्मा पनि उनलाई छ । अहिलेको अर्थतन्त्रमा बाह्य सूचकहरु रेमिट्यान्स प्रवाह, विदेशी मुद्रा सञ्चिति लगायत सकारात्मक देखिएका छन् । तर अर्थतन्त्रका आन्तरिक सूचकहरु भने नकारात्मक छन् । बैंकहरुमा तरलता बढ्दो छ । निजी क्षेत्रको मनोबल उकास्नुपर्ने अवस्था पनि छ । त्यसमा अर्थमन्त्री खनालको ध्यान जान आवश्यक छ ।

यो पनि पढ्नुहोस्

बंगालमा घातक ‘निपाह भाइरस’को संक्रमण पुष्टि

बंगालमा घातक ‘निपाह भाइरस’को संक्रमण पुष्टि

२२ मिनेट अगाडि
मधेशमा राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा जनलहर किन ?

मधेशमा राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा जनलहर किन ?

१३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

मधेशमा राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा जनलहर किन ?

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

कमल थापा नेतृत्वको राप्रपा नेपालले विचार मिल्ने पार्टीहरुसँग एकता गर्ने निर्णय

चुनावी प्रचारका लागि नेता बालेन शाह इलाम पुगे

धान आयातमा साढे २० अर्ब खर्च

चुनाबी माहोलले ओझेलमा कांग्रेसको मुद्दा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक